20231006

भारती मानन्धरलाईन्याय दे ! #justiceforbharati


 कवि भुपीन लेख्नुहुन्छः

•जनताको असन्तुष्टि टिपिङ पोइन्टमा पुगिसक्यो । यो चरम असन्तुष्टि मात्रै होइन, जनता उम्लिने स्थितिमा पुगिसके । नेता जी, दोष तिम्रो हो । अब अनेक होइन कुनै एक बहाना नै पर्याप्त हुनेछ, व्यवस्था नै उल्टाउने नयाँ जन आन्दोलन सुरु हुन । संकेतहरू देखिइसकेका छन् ।

•ओ नेता, तिमीहरू चेत । अविछिन्न कैयन बहाना दिएका छौ तिमीले, नयाँ जनआन्दोलनको पर्यावरण निर्माण गर्न ।

•तिमी सत्ताको दम्भमा छौ । सोच, नविन जनआन्दोलनको लागि बलियो बहाना भारती मानन्धरको आँसु पनि हुन सक्छ । किनकि भारती मानन्धरको आँसु धेरै नेपाली जनताको आँसु हो । यो आँसु हाम्रो समयको एक साझा प्रतिबिम्ब हो, जसको हृदयमाथि हत्याराहरूले खेलवाड गरेका गरै छन् र ती हत्याराहरूलाई सत्ता र शक्तिले सधैँ आम माफी दिइरहेको छ ।

•राष्ट्रपति, प्रधानमन्त्री, कानुनमन्त्री- महोदयहरू !

कृपया 'गुन्डालाई दिएको आममाफी' तुरुन्त सच्चाऊ । भारती र जनतासँग माफी माग । निर्णय सच्चाऊ, नत्र तिमीलाई जनताले सच्चाउने छन् । नत्र तिमीले 'हामी नै राज्य हौँ' भनेर सोच्दासोच्दै श्रीलङ्काका हाइप्रोफाइल भवनहरूमा जस्तो आगलागी हुन बेर लाग्ने छैन । स्थिती यस्तो पनि हुनसक्छ- शरण लिन कतै विदेश उड्न खोज्दा त्रिभुवन विमानस्थलमा तिमीलाई रोकेर जनताले रामधुलाई गर्न कुनै आइतबार पर्खिने छैनन् ।

•तिमीलाई लाग्दो हो, जनतालाई सदाका लागि बेबकुफ बनाएर सत्तामा सधैँ यसरी नै ढलीमली गर्न सकिन्छ । विद्रोहका इतिहासहरू सम्झ, आफ्ना नालायकी कुरुप कर्तुतहरू सम्झ- शक्तिशाली तानशाह र शक्तिशाली व्यवस्था पनि कसरी जनशक्तिको आगोले निमेषभरमा खरानी भएका छन् ।

•तिम्रो लुटको स्वर्गबाट आगो चोरेर मानव कल्याणका लागि नयाँ प्रमिथसले कुनै पनि समय नयाँ अवतार लिन सक्छ ।

•अधिकांस जनतालाई तिमी जानुमा कत्ति चिन्ता हुने छैन, उनीहरूलाई चिन्ता छ- यत्रो बलिदानपछि ल्याएको व्यवस्थामाथि नै तिम्रो कारण संकट उत्पन्न भैरहेछ । यो व्यवस्था मानव सभ्यताले पाएको उन्नत व्यवस्था हो । व्यवस्था असफल होइन, तिमी असफल हौ । र कतिपय जनघाती तथा विकाशमा बाधा दिने संवैधानिक गल्तीहरू यही व्यवस्थामै रहेर संसोधन र सुधार गर्न सकिन्छ ।

•तिम्रा अविछिन्न व्यक्ति, शक्ति र सत्ताकेन्द्रित क्रियाकलाप भन्छन्, यो व्यवस्था नै गए पनि तिमीलाई खासै पछुतो हुने छैन । किनकि तिम्रो कुनै भरठेगान छैन । शक्तिमा रहनका लागि तिमी जे पनि गर्न सक्छौ । फेरी राजा बोक्न पनि सक्छौ । बन्दुक बोक्न पनि सक्छौ ।

•'तर म न राजा बोक्न सक्छु, न बन्दुक बोक्न । मेरा लागि न सामन्तवाद स्वीकार्य छ, न हिंसा । म फर्किन चाहन्न मुस्किलले त्यागेर आएका ती अँध्यारा बाटाहरू ।'

•तिम्रा वरिपरि रिँगिरहने गुन्डा, बिचौलिया, भ्रष्टाचारी र चम्चे कार्यकर्ताको कानेखुसी सुनेर तिमी असफल भयौ, देश असफल भयो । अब समयको सल्लाह सुन । समयको आवाज सुन । समय बारम्बार भन्दै छ- 'ओए सत्ता, आफूलाई सच्चा, नत्र म तँलाई सच्चाइदिने छु । त्यो बेला तैँले पानी पनि भन्न पाउने छैनस् ।'

#भारती_मानन्धरलाई_न्याय_दे

#justiceforbharati



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक