20231111

एकै घर परिवारका चार जनाको धारिलो हतियारबाट टाउको र घाँटिमा प्रहार गरी हत्या गर्ने पक्राउ


  मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं. ६ मन्दु गाउँ स्थित श्रीदेवी बोहोरा, निजको छोरा वर्ष ११ को मनोज बोहोरा, वर्ष ७ की छोरी अप्सरा बोहोरा र ५ महिनाको छोरा रहर बोहोरा समेतका एकै घर परिवारका चार जना सदस्यहरूको निजकै घर कोठामा धारिलो हतियारबाट टाउको र घाँटिमा प्रहार गरी हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।  नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाण्डौ, कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेत, नेपाल प्रहरी प्रदेश कार्यालय, कर्णाली प्रदेश (हाल नेपालगञ्ज) र जिल्ला प्रहरी कार्यालय मुगु समेतका प्रहरी टोली संयुक्त रूपमा घटनास्थालमा खटिई गई अनुसन्धान गर्नुका साथै घटनाको सम्बन्धमा निरन्तर प्राविधिक तथा सुक्ष्म अनुसन्धान विश्लेषणबाट १४ दिन पछि घटनामा संलग्न प्रतिवादीहरूलाई पक्राउ गरेको हो । 

हत्यामा संलग्न मुगु जिल्ला साविक पिना गा. वि. स. वडा नं. ९ हाल छायाँनाथ रारा नगरपालिका वडा नं. ७ पिना बस्ने बर्ष ३० को गोर्ख बहादुर शाहीलाई मिति २०८०।०७।२० गते सुर्खेतबाट र निजको बयान पोलमा खुल्न आएको जिल्ला मुगु गा. वि. स. वडा नं. ८ हालको छायाँनाथ रारा नगरपालिका वडा नं. ६ मन्दु बस्ने अं. वर्ष ३१ को गोपाल बोहोरालाई मिति २०८०/०७/२४ गते निजकै घर वतनबाट पक्राउ गरी हाल निज प्रतिवादीहरूलाई सम्मानित मुगु जिल्ला अदालत गमगढी, मुगुबाट म्याद थप गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मुगुको हिरासत कक्षमा राखिएको छ ।





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक