20231121

पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध !

शितल निवास, बालुवाटार र सिंहदरबारलाई निषेधित घोषणा, कर्फ्यु मात्र ? काँडेतारको बार पनि लगाउ शाशक हो !


 काठमाडौं प्रशासनले थप पाँच क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । दुर्गा प्रसाईं र युवा संघले मंसिर ७ गते आयोजना गर्न लागेका छुट्टाछुट्टै कार्यक्रमबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रशासनले महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालय शितल निवास, प्रधानमन्त्री निवास बालुवाटारसहित पाँच क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

राष्ट्रपति कार्यालय शितल निवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुसी निस्कने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणतर्फ प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारका लागि पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म, प्रधान न्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिमसम्म, राष्ट्र बैकं चोकबाट पूर्वतर्फ १०० मिटरसम्म र इटालीया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ ।

यसैगरी संसद् भवन नयाँ बानेश्वरमा संसद् भवनको चारैतर्फको सडकसम्म, संसद् भवनको दक्षिण मोड (यातायात व्यवस्था विभाग) देखि पूर्वतर्फ मिनभवन चोकसम्म निषेधित क्षेत्र तोकिएको छ ।


सिंहदरबारमा भद्रकाली मन्दिर पूर्व तिनकुने आइल्याडको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूलगेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडबाट सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दीरसम्म, सिंहदरबार पश्चिम गेटदेखि सर्वोच्च अदालत अगाडि हुँदै माइतीघर मण्डलासम्म, माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, बबरमहलस्थित जिल्ला अदालत मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

उपराष्ट्रपति कार्यालय हरित गृहमा केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधित क्षेत्रमा आजदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

CDO-1700584981.jpg

CDO2-1700584981.jpg

 



मुख खोल्नै हुन्न, चुप्प लागेर बस, घर भित्र पस !

 तिमी भन्छौ 'सामन्ती राजा' फर्काउनु पर्छ

अपराध र अराजकताका पुराना र नयाँ डनहरूले,

पराइको निर्देशनमा क्वाप्प निलेको हिन्दु राष्ट्र, 

फर्काउनका लागि आन्दोलन चर्काउनु पर्छ    

तर म भन्छु, विनम्र भएर भन्छु, सोंचेर भन्छु 

जङ्गली राक्षसहरूको रजाइँ अझै चल्न दिनुपर्छ  

यिनका पछि लाग्ने र काँध थाप्ने स्यालहरूलाई, 

यिनैले बालेको आगोमा आत्मदाह गर्दै जल्न दिनु पर्छ ! 

पुगेकै छैन, छोएकै छैन यी जिउँदा लासहरूलाई 

आफ्नै घरमा दन्दनि सल्केको आगोले,

अझै डढ्न देऊ आगोको ज्वालामा परी, 

शती जान देऊ राक्षसहरूको, मर्न देऊ उनीहरूलाई !

खरानीका लागि घर जलाउनेहरूको देशमा 

आफ्नै आमा बलात्कार गर्नेहरूको देशमा 

म सहानुभूति राखेर कसरी हेरूँ कान्छा ?

हजार राजा छँदैछन, एउटा राजा ल्याऊँ कसले भन्छ ?? 

त्यसैले कर्फ्यु लाग्न देऊ, मसान घाट बन्न देऊ, 

मुख खोल्नै हुन्न, चुप्प लागेर बस, घर भित्र पस !      

- रामप्रसाद खनाल


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक