20231201

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा, बालकृष्ण खाँणको हकमा भने न्यायाधीशबीच राय बाझियो


 नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । अर्का आरोपित पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको हकमा भने न्यायाधीशबीच राय बाझिएको छ । यसअघि काठमाडौं जिल्ला अदालतले गरेको आदेश उल्ट्याउन माग गर्दै उच्चमा परेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलाशले रायमाझीसहितका हकमा सो आदेश गरेको हो । 

इजलासले रायमाझी सहित पूर्व गृह सचिव टेकनारायण पाण्डे, डा. इन्द्रजीत राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई धरौटीमा छाड्न मिल्ने आधार नदेखिएकाले पूर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । पूर्वगृहमन्त्री खाणको सन्दर्भमा दुई न्यायाधीशको राय बाझिएपछि उहाँ अर्को आदेश नआइन्जेल थुनामै रहनु हुने भएको हो । खाँणलाई थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा न्यायाधीश प्रकाश खरेलले राय दिए पनि अर्का न्यायाधीश जनकराज पाण्डेले भने धरौटीमा छाड्नु पर्ने राय दिएपछि राय बाझिएको हो । अब खाण माथिको सुनुवाइ तेस्रो न्यायाधीशको इजलाशमा हुने उच्च अदालतका प्रवक्ता तिर्थराज भट्टराईले बताउनुभयो ।

सो इजलासले पूर्व मन्त्री समेत रहेका रायमाझीका छोरा सन्दिप सहित नरेन्द्र केसी, हरिभक्त महर्जन, शम्शेर मियाँ, टेकनाथ रिजाल र रामशरण केसीलाई छुट्टाछुट्टै धरौटी कायम गरि रिहा गर्न आदेश दिएको छ । भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गर्नुपर्ने पक्षमा उभिएका नेता समेत रहेका टेकनाथ रिजाललाई इजलासले १५ लाख रुपैयाँ धरौटी कायम गर्दै रिहा गर्न आदेश दिएको हो । अदालतले नरेन्द्र केसीलाई १० लाख, हरिभक्त महर्जनलाई १५ लाख, शम्शेर मियाँलाई १० लाख, सन्दिप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाललाई १५ लाख र रामशरण केसीलाई १५ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो ।  न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले सो प्रकरणमा संलग्न भएको भनिएका लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमा छोड्न आदेश समेत दिएको छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक