20231230

आफैलाई चिनौं र बदलौं - इन्दिरा पन्त

 १- जव मानिसलाई आफ्नो क्षमताप्रति विश्वास हुँदैन, तब उसले आफू अरूबाट असुरक्षित महशुस गर्छ। अरुको कुरा काट्ने, अरूलाई नीच र कमजोर देखाएर आफू अग्लो सावित हुने चेष्टा उसले गर्छ। तपाईंसँग पनि कसैले अर्काको विषयमा चुक्ली लगाएको छ वा पछाडी कुरा काटेको छ भने सम्झनुहोस् उसले आफ्नो अयोग्यतालाई अरूको निन्दाबाट पूर्ति गर्न खोजेको हो। 

जव यस्तो बानी लाग्छ, तव कुरा नकाटी बस्दा उसलाई छटपटी हुन्छ। कुरा काट्नु एउटा लत बन्छ। यो एक प्रकारको रोग हो। तर यो रोगीलाई आफ्नो रोगको बारेमा समयमै थाहा हुँदैन। यसले आफ्नो अक्षमता बढाउँदै लैजान्छ र गम्भीर मानसिक रोग लाग्ने खतरा हुन्छ।

२- कतिपय व्यक्तिहरु यो धरती, यो आकाश, धन सम्पत्ति, पद प्रतिष्ठा आफ्नो लागि मात्र हो र आफू नै यो सबैको मालिक भएको ठान्छन् । म बिना आकाश खस्छ, धरती भासिन्छ भन्ने ठान्छन् । आफ्नो महत्ताभाष भन्दा बाहिर हेर्न नसक्ने मानिसहरु आफ्नै आत्ममुग्धताको शिकार हुन्छन् । त्यस्तो आशक्ति र अन्ध लगावले दुःख शिवाय केही दिंदैन । 

३- मानिसको उमेरको एउटा अंश आफूलाई चाहिने साधन जोड्न, धन सम्पत्ति कमाउन लाग्छ, लाग्नु पर्छ। तर यो स्वस्थ्य, संयमित र सजगतापूर्ण हुनुपर्छ। चलाखी गरेर अरुलाई धक्का दिएर, छिर्के हानेर आफूले पाएको सफलताले ग्लानि जन्माउँछ र मानिस अशान्त हुन्छ । तर कतिपय यस्ता मान्छेहरु हुन्छन्, जो परपीडाबाट आफ्नो सफलता प्राप्त गर्छन् । यसले जीवनको उत्तरार्ध पश्चातापको आगोमा जल्न पुग्छ।  पश्चाताप उम्किनै नसकिने पीडा हो। जीवनलाई यस पीडाबाट मुक्त गर्ने एकमात्र बाटो सत्कर्म हो। 

४- कतिपय मानिसलाई अरुको सफलताले दुःखी बनाउँछ । त्यस्ता मानिसको आन्तरिक दृष्टि आफ्नो उन्नतिमा होइन, अरूको अवनतिमा केन्द्रित हुन्छ । जसको अन्तरदृष्टि आफूमाथि छैन, उसको प्रगति र सुख कल्पना नै गर्न सकिन्न। म बाहेक कसैलाई खुसी हुने अधिकार नै छैन भनेर सोच्ने मानिस भित्र दुःखको मुहान हुन्छ । यो  परदुःखवादी डरलाग्दो रोगले आफ्नो दुःख निश्चित गर्छ । समयमै सचेत बनौं।  

५-एकथरी मान्छेहरु अरूको विचारका आधारमा आफ्नो निष्कर्ष निकाल्छन्। यसले उसको बोध क्षमता नष्ट गर्छ र जीवन भ्रमको भुमरीमा फस्छ । धारणा आफ्नो बुझाइ र अनुभवमा आधारित हुनु पर्छ। अर्काको बिचार र धारणाको भरिया बन्दा आफ्नै जीवनमा अस्पष्टता, अतृप्ति र अशान्ति पैदा हुन्छ। 

-पछाडी कसैको आलोचना नगरौं। कसैमा केही कमजोरी छ भने त्यसलाई पूरा गर्न सहयोग गरौं। 

-कसलाई पो थाहा छ र जिन्दगीको कति समय बांकी छ भनेर। जीवन एक सुन्दर उपहार हो, हरेक दिन जिम्मेवार र होसियारपुर्वक उत्कृष्ट तरिकाले बाचौं। 

-अरुको सफलतामा पनि खुसी हुन सिकौं । 

-यो धरती सबैको साझा हो,  यो आकाश सबैको मनको साझा स्रोत हो । यहाँ सबैका लागि उत्तिकै ठाउँ छ। कोही आउँदैमा आफ्नो स्थान मासिन्छ भन्ने नठानौं।

-अरुको सफलतामा खुसी हुन सिकौं। 

-स्पष्टता, तृप्ति र आनन्दका लागि आन्तरीक शान्ति र सुन्दर भावनाहरु बिकास गरौं !

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक