20231230

वीरे चोर - देश छोड, पम्फादेवी ठकुरानी - स्वीजरल्याण्डमा लुकाएको पैसा फिर्ता ले, राजतन्त्र - मुर्दावाद, पञ्चायती व्यवस्था - मुर्दावाद भन्ने मूर्ख मनुष्य मध्ये म पनि एक हुँ, किन ढाँट्नु !


वीरे चोर - देश छोड, पम्फादेवी ठकुरानी - स्वीजरल्याण्डमा लुकाएको पैसा फिर्ता ले, राजतन्त्र - मुर्दावाद, पञ्चायती व्यवस्था - मुर्दावाद भन्दै जान्ने भए देखी २०५४ साल सम्म यिनै देशद्रोही नेता र दलले सिकाएका भरमा नाराबाजी गर्ने, अरूलाई पनि यस्तै गर्न सिकाउँदै हिँड्ने मूर्ख मनुष्य मध्ये म पनि एक हुँ किन ढाँट्नु । इमान्दारितापुर्बक भन्दै छु - त्यो बेला मलाई ब्रेनवास गर्ने गराउने, मेरो तातो रगत र युवा जोसलाई दुरुपयोग गर्ने गराउने भ्रष्ट, अपराधी नेताहरू र दलहरू सम्झँदा तिनीहरूलाई थुक्न मन मात्र लाग्दैन २०५४ साल अघि म आफै कति अबुझ रहेछु, मलाई कति गलत प्रयोग गरेछन् यी कथित लोकतन्त्र गणतन्त्रवादी हौँ भन्ने अपराधीहरूले भनेर पश्चात्ताप पनि गर्दछु । 
देश र जनता प्रति उत्तरदायी, तत्कालीन प्रिय राजा, शालीन, भद्र र प्रजातन्त्र प्रेमी राजा वीरेन्द्र प्रति अन्तर्मन देखी नै हार्दिक श्रद्धा-सुमन आज पुस १४ गतेको विशेष दिनमा । 

राजन, तिमी र तिम्रो परिवार जुन दिन गयौ, राष्ट्र राष्ट्रियता सबै सबै आफू सँगै लग्यौ । तिमी र तिम्रो विरासतलाई गाली गर्ने त्यो बेलाका हामी मूर्खहरूलाई पाप लागेको छ अहिले । देश केबल नक्सामा मात्र सीमित भएको छ । आफ्नो पन, मन सब तिमीसङै गएछ । हामी लाई श्राप नदिए राजन ! अब यहाँ भन्दा बढी हामीले के पाप भोग्नु र ! तिमी हामी लाई छोडेर गए पनि सधैँ अमर रहने छौ । आजको दिनमा यति भन्न र पश्चात्तापको आगो ओकल्न मन लाग्यो । यो मेरो मात्र भनाइ होइन समस्त नेपालीहरूको अन्तर मनको भनाइ हो ।
- रामप्रसाद खनाल 




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक