20231228

आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परे, दूतावास भन्छ "ध्यानाकर्षण भएको छ" !


आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३ देखि ५ महिनाअघि पुगेका उनीहरू सम्झौतानुसार काम र तलब नपाउँदा समस्यामा परेका हुन् ।

 म्यानपावरलाई प्रतिव्यक्ति २ देखि २ लाख ५० हजार रुपैयाँसम्म तिरेर त्यहाँ पुगेका उनीहरू अहिले भनेनुसारको काम र तलब नपाउँदा समस्यामा परेको कुवेत पुगेका काभ्रेपलाञ्चोकका जीवन गौतमले जानकारी दिए । आफूहरूलाई करार सम्झौतामा कर लाइट ड्राइभर प्रतिमहिना ८ घण्टा २६ दिनको १ सय ४० केडी तलब सुविधा तोकिएको भए पनि अहिले यहाँ सम्झौतानुसारको काम र सेवा सुविधा नपाएको भन्दै उनले उद्धारका लागि अनुरोध गरेका छन् ।

एक भिडियो सार्वजनिक गर्दै पीडितहरूले श्रम सम्झौतानुसार दैनिक ८ घण्टा काम गर्नुपर्ने, सातामा ६ दिन काम गर्नुपर्ने, मेडिकल तथा बस्ने सुविधा कम्पनीले नै बेहोर्नुपर्ने र करार अवधि दुई वर्ष हुने भनेर आएको भए पनि कम्पनीले तीन वर्ष अनिवार्य काम गर्नुपर्छ भनेको उनीहरूले बताएका छन् ।

कम्पनीको नियमानुसार मासिक ४ सय ५० ट्रिप डेलिभरी पूरा गरे मात्र १ सय २० केडी मात्र तलब दिने, त्यो पूरा नगरे कुवेती दिनर शून्य दशमलव ४ फिल्स मात्र दिने, कम्पनीले लाइसेन्स निकालिदिएबापतको २ सय ८० केडी काट्ने र प्रतिमहिना ३५ केडी तिर्नुपर्ने र कुनै दुर्घटना भए त्यसको क्षतिपूर्ति पनि कामदार आफैंले भर्नुपर्ने कम्पनीले दबाब दिएको भन्दै उनीहरूले सम्झौताबमोजिम काम र तलब सुविधा नपाएकाले उद्धार गर्न अनुरोध गरेका हुन् । सम्झौतापत्रमा भने यस्तो नरहेको उनीहरूले बताएका छन् ।

‘हामीले विगत पाँच महिना अघिदेखि नै कम्पनी, म्यानपावर र कुवेतबाट भिसा पठाउने शेर्पा नामका एजेन्टलाई समस्या समाधान गर्न पहल गरिदिनुहोस् भन्दै आएका थियौं,’ जीवनले राजधानीसँग भने, ‘तर कम्पनी र म्यानपावारबाट हामी मिलाउँछौं समय दिनुहोस्, नआत्तिनुहोस् बिस्तारै सबै ठीक हुन्छ भनेको लामो समय भइसक्दा पनि समस्या समाधान भएन ।’

पाँच महिनाअघि त्यस कम्पनीमा पुगेका ११ जना नेपाली कुवेतस्थित नेपाली दूतावासमा पुगेर चार दिन बसी छलफल गरेको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको उनको आरोप छ । सम्झौतानुसारको काम र तलब सुविधा दिलाउन दूतावासले पहल गर्ने यदि समस्या समाधान नभए पछि पुनः दूतावास आउने भने पनि अहिलेसम्म कुनै सुनवाइ नभएको उनले बताए । ‘हामी काम गर्नकै लागि आएका हौं, मेरो एक वर्षमा तीनपटक भयो गल्फको यात्रा, जुन मुलुक जान्छु, त्यही मुलुकमा समस्या हुन्छ, अब केही साथीहरूको काम गर्ने मनसाय भए पनि कम्पनी र म्यानपावरप्रति कुनै भरोसा नभएकाले नेपाल फर्कन चाहेका छौं,’ उनले थपे ।

कुवेतमा कार्यरत सञ्चारकर्मी तथा समाजसेवी खडक बिष्टले पनि पीडितहरूको समस्या समाधान गर्न आफूहरू पनि लागिरहेको बताएका छन् । यस’bout उनीहरूलाई पठाउने म्यानपावरका मनोज भोलनलाई सम्पर्क गर्न खोज्दा फोन उठेन । उता, कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रेमराज गौतमले भने पीडितहरूको समस्या समाधान गर्न श्रम सहचारी लागिरहेको र दूतावासको पनि ध्यानाकर्षण भएको बताए ।

कुवेतमा समस्यामा पर्ने नेपालीहरूमा चन्द्रबहादुर थापा, सुशीलकुमार थापा, अफ्रोज अन्सारी, सूर्य आले मगर, धु्रब भुर्तेल, नमराज दाहाल, अमल किरण, किरणबहादुर तामाङ, नितेश मगर, कमलेशकुमार सुडी, मनोज रोक्का, जनकराज घलान, सिंहलाल घिसिङ, प्रदीप महतो, किपक राई, जीवनकुमार गौतम, रविकुमार कार्की, हेमबहादुर थापा, जीवन आले मगर, मोहन लोडलगायत अन्य रहेका छन् ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक