20231203

रुसले युक्रेनमाथि आक्रमण थप बढाइरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई निर्देशन दिए !

 रुसले युक्रेनमाथि आक्रमण थप बढाइरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई निर्देशन दिएका छन् । पुटिनको आदेश तत्काल लागु भएको क्रेमलिनले आइतबार जनाएको छ । मस्कोले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ । रुसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख कायम हुन्छ । रूसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विशेष सैन्य अभियान र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को जारी विस्तारसँग सम्बन्धित हाम्रो देशमाथि बढ्दो खतराका कारण सशस्त्र बलको पूर्णकालीन शक्तिमा वृद्धि गरिएको छ । यद्यपि, यो आदेशले ‘भर्तीको कुनै उल्लेखनीय विस्तार’ लाई सङ्केत गर्दैन, तर यो वृद्धि विस्तारै थप स्वयंसेवकहरू भर्ती गरेर हुने सी अधिकारीलाई उद्धृत गरी अल जजिराले जनाएको छ । रूसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष

दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ देखि डिसेम्बर १ सम्म चार लाख ५२ हजारभन्दा बढीलाई करारमा सेनामा भर्ना गरिएको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, “नेटोको संयुक्त सशस्त्र बल रूसको सीमा नजिक निर्माण भइरहेको छ र थप हवाई प्रतिरक्षा प्रणाली र आक्रमण गर्ने हतियारहरू तैनाथ गरिएको छ । नेटोको सामरिक आणविक शक्तिको क्षमता वृद्धि भइरहेको छ ।” ’नेटो गठबनधनको आक्रामक गतिविधिका लागि रूसी सेनालाई बढाउनु उपयुक्त प्रतिक्रिया भएको सको दाबी छ । 

सन् २०१८ यता रूसले दोस्रोपटक सेना विस्तार गरेको छ । यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए । गत डिसेम्बरमा रूसी रक्षामन्त्री सर्गेई शोइगुले रूसको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो देशलाई १५ लाख सैनिक आवश्यक रहेको बताएका थिए ।यसअघि क्रेमलिनले आफ्नो सेनाको आकारलाई पर्याप्त ठानेको थियो, तर युक्रेनमाथि चाँडै विजय हासिल गर्ने आशामा सङ्ख्या बढाइएको हो । - एएफपी


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक