20240119

बिगत चार दशक देखी नेपाली पत्रकारितामा उत्तिकै सक्रिय जीवराम भण्डारीलाई ' गोविन्द वियोगी पत्रकारिता पुरस्कार'


 यस वर्षको ' गोविन्द वियोगी पत्रकारिता पुरस्कार' योहो टेलिभिजनका प्रमुख जीवराम भण्डारीलाई प्रदान गरिने भएको छ । आइतवार सम्पादक समाज नेपालको केन्द्रीय समितिको बैठकले यस वर्षको ' गोविन्द वियोगी पत्रकारिता पुरस्कार' भण्डारीलाई दिने निर्णय गरिएको महासचिव श्यामकाजी डोटेलले जानकारी दिए । जीबराम बिगत चार दशक देखी नेपाली पत्रकारितामा उत्तिकै सक्रिय छन ।      

उक्त पुरस्कार नुवाकोटको सुर्यचौरमा एक कार्यक्रम गरी सम्मानित व्यक्तिहरूलाई पुरस्कार हस्तान्तरण गरी सम्मान गरिने डोटेलले बताए । यसै गरी 'गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार' शरण उत्सव सापकोटालाई दिने निर्णय भएको छ । राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले र एफ एम रेडियोमार्फत पत्रकारिता क्षेत्रमा योगदान पुर्याएकाले मण्टेश्वरी राजभण्डारीलाई समाजले सम्मान गर्ने भएको छ । सम्पादक समाज नेपालको संस्थापक अध्यक्ष एवम वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा पुरस्कार स्थापना गरिएको हो । समाजले निर्माण गरेको नुवाकोटस्थित सुर्यचौरको भवनमा सम्मान कार्यक्रम हुने छ ।

पत्रकारितामा हाम्रा सहयात्री मित्र जीबरामजी सहित सबै मित्रहरुलाई हार्दिक बधाई र शुभकामना ।   


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक