20240130

दश बुँदामा नेपालको वर्तमान अर्थतन्त्र - डा. दिलनाथ दंगाल

१.अनौपचारिक अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादनको तुलनामा औसत ४२.६६ प्रतिशत पुगेको छ जवकी अन्तर्राष्ट्रिय वित्त कोषले जीडीपीको आकार २९.८० प्रतिशतदेखि ३७.५० प्रतिशतसम्मको अनौपचारिक अर्थतन्त्रलाई उचित नै मान्छ भने त्यो भन्दा बढी भएको अवस्थालाई राम्रो मानिदैन् ।

२.भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आवको पहिलो ६ महिनासम्मको अवधिमा ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ । गत वर्षको सोही अवधिको तुलनामा ३.४७ प्रतिशतले वैदेशिक व्यापार घटेको देखिएको छ । निर्यातको तुलनामा आयातको परिमाण धेरै घटेका कारण व्यापारघाटा गत वर्षको तुलनामा २.६२ प्रतिशतले घटेको देखिएको छ । यो अवधिमा व्यापारघाटा ६ खर्ब ९३ अर्ब २० करोड पुगेको छ ।

३.गत पुस मसान्त सम्ममा नेपालको कूल सार्वजनिक ऋण रु २३ खर्ब ८४ अर्ब ४८ करोड ६० बराबर पुगेको छ । जसमध्ये आन्तरिक ऋण रु ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख र बाह्य ऋण रु ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख बराबर छ । गत आर्थिक वर्षमा नेपालको कूल सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो भने साउन देखि यतामात्र रु ८५ अर्ब १३ करोड बराबर सार्वजनिक ऋण थपिएको छ ।

४.महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च रु ४९ अर्ब २३ करोड ५८ लाख बराबर भएको छ भने यो अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने रु १ खर्ब १६ अर्ब ५८ करोड ५ लाख बराबर खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कमा देखिन्छ । अर्थात गत श्रावण देखि यतामात्र  विकास निर्माणका काममा सरकारले खर्च गरेको खर्चभन्दा सार्वजनिक ऋणको साँवाब्याज तिर्न भएको खर्च रु ६७ अर्ब ३४ करोड ४७ लाखले बढी छ ।

५. भन्सार विभागले जनाए अनुसार गत आवको पुससम्म २९ अर्ब २० करोड रुपैयाँको सुन आयात भएको थियो भने चालु वर्षको सोही अवधिमा ११ अर्ब ८९ करोडको मात्र आयात भएको छ । यो गत वर्षको तुलनामा ५९.२८ प्रतिशत कम हो तर भन्सार नाकाबाट सुन आयात घटे पनि बजारमा भने सुन पर्याप्त मात्रामा छ । सुनचाँदी व्यवसायीहरुका अनुसार मुलुकभरका पसलमा गरेर दैनिक औसत २५ किलो सुन बिक्री हुने बताउँछन् । अहिले भन्सारमार्फत वैध रुपमा भएको आयातले यो माग धानेको देखिँदैन ।

६.नेपाल राष्ट्र बैंकले जनाए अनुसार चालू आवको ५ महिनामा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति ३५९ प्रतिशतले बचतमा छ साथै कुल विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले बढेको छ । 

७.गत वर्ष रोजगारी खोज्दै विदेश जाने युवाको संख्या ८ लाख ८ हजार ४१५  पुगेको थियो भने यो वर्षको पहिलो ६ महिनामै वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै ३.५ लाख पुगेको छ । 

८.अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, तालीम, गोष्ठी आदि कामका लागि सन् २०२३ मा १६ लाख ३ हजार ८३६ नेपाली विदेश पुगेका छन्। ती मध्ये करीब ७१ हजारले स्थायी रूपमै विदेश बस्ने गरी सधैंका लागि देश छोडेको  विभागले जनाएको छ।

९.सरकारको पुससम्मको राजस्व संकलन लक्ष्य ६ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा ५ खर्ब १५ अर्ब रुपैयाँ मात्र उठेको छ ।

१०.नेपालमा वार्षिक करिव ५२ लाख मेट्रिकटन खाद्यान्न उत्पादन हुने गर्छ जवकी हामीलाई ६२ देखि ६५ लाख मेट्रिकटन खाद्यान्नको आवश्यकता पर्छ । यो नपुग खाद्यान्न लगभग रु ३ खर्व बराबरको हामी विदेशबाट आयात गछौं ।

    अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक