20240129

भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको प्रकरण : सङ्गठित अपराधको कसुरमा मुद्दा चलाउन सिफारिस


 काठमाडौं । भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको भिजिट भिषा प्रकरणको अनुसन्धान पूरा गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । प्रकरणका अभियुक्तहरुलाई प्रहरीले लिखतसम्बन्धी र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।विमानस्थलमा रहेका अध्यागन कर्मचारी, विमान कर्मचारी तथा विभिन्न कन्सल्टेन्सी सञ्चालकसँगको सेटिङमा भिजिट भिसामार्फत मानव तस्करी भएको पाइएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असोज १७ गतेदेखि विशेष अनुसन्धान अघि बढाएको थियो ।गिरोहसँगको सेटिङमा भिजिट भिसाको अनुमति दिने अध्यागमनका अधिकृत नरवीर खड्का, नेपाल वायु सेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेलसहित पक्राउ परेका १० जना र फरार रहेका १२ गरी २२ जनाविरुद्ध लिखतसम्बन्धी र सङ्गठित अपराधको कसुरमा हदैसम्मको सजाय माग गरिएको छ।

२२ जना प्रतिवादीमध्ये १२ जना अझै फरार रहेको र तीमध्ये आठ जना विमानस्थलमा खटिएका सरकारी कर्मचारी तथा तीन जना बिचौलिया रहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक