20240120

कतिपय जहाज प्राविधिक, मौसमलगायत कारण देखाएर एयरलाइन्सले काठमाडौंमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले पुनः कडाइ गर्ने !


 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो। उक्त निर्णयअनुरूप वायुसेवा कम्पनीले जहाज काठमाडौंबाहिरका विमानस्थलमा राखेर काठमाडौंका लागि पहिलो उडान पनि सञ्चालन गर्दै आइरहेका थिए तर पछिल्लो समय कतिपय जहाज प्राविधिक, मौसमलगायत कारण देखाएर एयरलाइन्सले काठमाडौंमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले पुनः कडाइ गर्ने भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाडौँ ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाडाँंमा रात्रि बिसान नगरी काठमाडौंबाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको थियो। कतिपय एयरलाइन्सले तोकेको ‘बेस’ मा जहाज रात्रि बिसान नगरी विभिन्न कारण देखाउँदै काठमाडौंमा भिडभाड हुन थालेपछि थप कडाइ गर्न लागिएको बताए।

‘पछिल्लो समय एयरलाइन्सले कहिले प्राविधिक र कहिले मौसमको कारण देखाउँदै काठमाडौँ विमानस्थलमा रात्रि बिसान गर्न थालेपछि भिडभाड बढेकाले थप कडाइ गर्न लागिएको हो’, विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने, ‘एयरलाइन्सहरुलाई विभिन्न ‘बेस’ तोकिएको छ, सोही अनुसार उनीहरुले जहाज रात्रि बिसान गर्नुपर्छ।’ काठमाडौंबाहिरका चन्द्रगढी, विराटनगर, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा जहाजको रात्रि बिसान हुने गरेको छ। ती जहाजले काठमाडौंका लागि सम्बन्धित गन्तव्यबाट पहिलो उडान गर्दै आएका छन्। महाप्रबन्धक तिवारीका अनुसार उडान चाप व्यवस्थापन र जहाज पार्किङको जोखिम पनि कम हुने भएकाले काठमाडौंबाहिरका विमानस्थलमा रात्रि बिसानका लागि थप प्रभावकारी बनाउन लागिएको हो। यसबाट काठमाडौंबाहिरबाट आउने यात्रुलाई पनि यसले सहज हुनेछ। प्राधिकरणको निर्णयअनुसार निजी क्षेत्रका बुद्ध एयरको छ, यती एयरलाइन्स र श्री एयरलाइन्सको समान दुई तथा सौर्य, सीता, तारा एयरका समान एक–एक जहाज मात्रै काठमाडौं विमानस्थलमा रात्रि बिसान गर्न पाइने निर्णय भएको थियो।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक