20240112

कुलमानको पनि केही चलेन, प्रचण्डको निर्देशनमा करौडौँ बक्यौता नबुझाएका उद्योगको काटिदिएको बिजुली पुन जोडियो !

 करौडौँ बक्यौता नबुझाएका उद्योगको बिजुली काटिदिएको नेपाल विद्युत् प्राधिकरण अन्ततः आफ्नो निर्णयबाट पछि हटेको छ । ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको प्राधिकरणले बक्यौता नउठाइ लाइन जोडिदिने निर्णय गरेको छ । ६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको प्राधिकरणमाथि काटिएको लाइन जोड्न दबाब आइरहेको बताइएका बेला सो निर्णय भएको हो । धिकरणले लाइन काट्ने भएपछि उद्योगीहरु विभिन्न राजनीतिक दलका नेताहरु गुहार्न पुगेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डको पनि ध्यानाकर्षण गराएका थिए । तर, केही समय दिए पनि बक्यौता रकम नबुझाएपछि धमाधम लाइन काटेको प्राधिकरण अन्ततः आफ्नो कदमबाट पछि हटेको छ । 

शुक्रबार बसेको नेपाल विद्युत् प्राधिकरण संचालक समितिले काटिएका उद्योगको लाइन जोड्ने निर्णय गरेको हो । काटिएको लाइन जोड्ने मन्त्रिपरिषद निर्णयको पत्र आएपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हट्नु परेको हो । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता छानबिनका लागि मन्त्रिपरिषदको बैठकले समिति बनाएको छ भने उद्योगहरूको काटिएको बिजुली हाललाई जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक