20240228

रुस–युक्रेन युद्धमा परि हालसम्म ३१ हजार भन्दा बढी युक्रेनी सैनिकहरु मारिए, रुस र युक्रेन दुबैले युद्धमा आफ्नो सैन्य हताहतीलाई कम देखाउने प्रयास गर्दै !

 रुस–युक्रेन युद्धमा परि हालसम्म ३१ हजार भन्दा बढी युक्रेनी सैनिकहरु मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणमा परि आफ्ना ३१ हजार सैनिक मारिएको बताउनु भएको हो । युद्धमा सैनिक मारिनु देशको लागि ठूलो मानवीय नोक्सानी भएको उहाँको भनाई छ । राष्ट्रपति जेलेन्स्कीले घाइतेको संख्या भने सार्वजनिक नगरिएको समेत बताउनुभएको छ । रुसी विदेश मन्त्रालयले भने युक्रेनको तथ्यांक गलत भएको बताएको बीबीसीले उल्लेख गरेको छ । रुस र युक्रेन दुबैले युद्धमा आफ्नो सैन्य हताहतीलाई कम देखाउने प्रयास गर्दै आएका छन् । पछिल्लो दुई वर्षदेखि रुसले युक्रेनलाई निरन्तर आक्रमण गरिरहेको छ । युक्रेनले पहिलो पटक मृतक सैनिकको संख्या सार्वजनिक गरेको हो । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक