20240213

म कसरी मनाउँ तिम्रो "जनयुद्ध" दिवस ?

ए मानवता, दया, धर्म नभएका 
मान्छे जस्तै जस्तै देखिने कुमान्छेहरू हो,  
भन त तिमीले पनि छातीमा हात राखेर 
म कसरी मनाउँ तिम्रो "जनयुद्ध" दिवस ?
जसले आमा, दिदी, बहिनी, 
भाउजू र छोरीहरूको सिउँदो पुछ्यो !
लाला बालाहरूलाई टुहुरो बनायो 
मान्छे कै रगतको होली मनायो 
एक वर्ष मात्र होइन दश दश वर्ष सम्म
लुटेर खायो, कुटेर खायो,
अपहरण गरेर मार्‍यो, 
बुच्चरले खसी बाख्रा काटे जस्तै 
मान्छे काट्यो, रगतको आहालमा नाच्यो 
अरूलाई मार्‍यो तर आफू सत्ताकै आडमा बाँच्यो 
माओवाद नाम जप्दै कहिले उता र कहिले यता गर्दै 
राजनीतिक वेश्यावृत्ति र अवसरवादमा क्रम भङ्ग गर्दै  
जनता लखेट्यो गाउँ गाउँबाट 
युवा जनशक्ति खेद्यो ठाउँ ठाउँबाट 
अनि हिजडाहरूको बुई चढ्दै 
तिम्रा महिषासुर नाइकेहरू 
राक्षसी राजमा नाची रहँदा 
उसको आरती उतार्ने तिमीहरू पनि  
नर्कको जीवन बाँची रहँदा 
ए मान्छे नभए पनि मान्छे जस्तै देखिनेहरू हो,  
भन त तिमीले पनि छातीमा हात राखेर 
म कसरी मनाउँ तिम्रो "जनयुद्ध" दिवस ??
के भनेर मनाउँ तिम्रो "जनयुद्ध"  दिवस ??
अहँ म कुनै हालतमा पनि मनाउन सक्दिन 
आतङ्क र अपराधलाई "जनयुद्ध" भनाउन सक्दिन !
बरु चिच्याइ चिच्याइ भन्न सक्छु 
लुटेराहरूको "धन युद्ध" - मुर्दावाद !
आतङ्क र अपराधको केन्द्र - मुर्दावाद ! 
राक्षसी राज - मुर्दावाद, मुर्दावाद !!
- रामप्रसाद खनाल, फागुन १, २०८०     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक