20240226

राष्ट्रिय सभाका पूर्व साँसद, विद्वान लेखक एबम साहित्यकार प्रा. अशोकनाथ तिवारीका पाँच थान कृतिहरूको काठमाडौंमा लोकार्पण

 राष्ट्रिय सभाका पूर्व सदस्य पूर्व साँसद, विद्वान लेखक एबम साहित्यकार प्रा. अशोकनाथ तिवारीका पाँच थान कृतिहरूको एक कार्यक्रम आयोजना गरी काठमाडौंमा लोकार्पण गरिएको छ । हिमालय प्रतिष्ठानद्वारा प्रकाशित ती कृतिहरू ज्ञानगुन साहित्य प्रतिष्ठान,ज्ञानगुन प्रकाशन र हिमालय प्रतिष्ठानको संयुक्त आयोजनामा सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीको सभापतित्व तथा सर्वोच्च अदालतकै पूर्व न्यायाधीश टोप बहादुर सिंहको प्रमुख आतिथ्यमा नक्सालस्थित होटल क्राउन प्लाजामा लोकार्पण सम्पन्न भएको हो।

कार्यक्रममा अन्य अतिथिहरू इतिहासविद् डा.दिनेशराज पन्त, डा.सुरेन्द्र के.सी.,वेदप्रसाद सिवाकोटी,डा.सत्यराज थपलिया, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, दुर्गाप्रसाद उप्रेती, पं रामानन्द आचार्य, स्रष्टाकी धर्मपत्नी कमला तिवारी रहेका थिए। अशोकनाथ तिवारीका पाँच थान पुस्तकहरू मैजु महारानी ( ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास),चुनौती (चिन्तनप्रधान निबन्धसङ्ग्रह),पितृलोकको वर्णन(आध्यात्मिक चिन्तनप्रधान निबन्धसङ्ग्रह),मैले नचिनेको म(आध्यात्मिक चिन्तनप्रधान निबन्धसङ्ग्रह) तथा हिरासत(आध्यात्मिक चिन्तनप्रधान निबन्धसङ्ग्रह)को लोकार्पण मञ्चमा आसीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा गरिएको हो।

पुस्तकहरूका बारेमा कथाकार पुष्कर लोहनी, प्रा.डा.सुरेन्द्र के.सी., इतिहासविद् डा.दिनेशराज पन्त, पं रामानन्द आचार्य तथा गोपालकृष्ण खरेलले आ-आफ्ना मन्तव्य राखेका थिए भने डा.सत्यराज थपलियाले समीक्षात्मक टिप्पणी पेश गरेका थिए। शब्दपथका अनुसार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे,दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त तथा न्याय क्षेत्रकी सुभद्रा सिटौलाले शुभकामना मन्तव्य राखेका थिए।

कृतिकार अशोकनाथ तिवारीले आफ्नो लेखकीय मन्तव्यमा इतिहास र वर्तमान अवस्थाको चर्चा गर्दै आध्यात्मिक चिन्तन र ऐतिहासिक कुरालाई निबन्ध र औपन्यासिक ढाँचामा प्रस्तुत गर्ने प्रयास गरेको बताए। स्रष्टाको यसअघि छ वटा कृतिहरू प्रकाशनमा आइसकेका छन्।

कार्यक्रममा हिमालय प्रतिष्ठानकातर्फबाट अध्यक्ष उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटीले आगामी दिनमा पनि प्रतिष्ठानले कानून‚ इतिहास र पूरातत्वका क्षेत्रमा विविध अनुसन्धान एवं प्रकाशन कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे भने लेखककी धर्मपत्नी कमला तिवारीले धन्यवाद ज्ञापन गरेकी थिइन्। कार्यक्रमको सञ्चालन इन्द्र बानियाँले गरेका थिए।

कार्यक्रममा अन्य साहित्यकारहरू ठाकुर शर्मा भण्डारी,शरद प्रधान,अमर प्रधान तथा सुभाषचन्द्र पौडेल'भीमफेदीया' लगायत न्याय क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै  सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरुले न्यायालयमा भइरहेको राजनीतिकरणप्रति गहिरो चिन्ता पनि व्यक्त गरेका छन।  कार्यक्रममा संवैधानिक कानूनका ज्ञाता एवं सर्वोच्चका पूर्व न्यायाधीश टोपबहादुर सिंहले न्यायालयका पछिल्ला घटनाहरुले अदालतमा अझ धेरै राजनीतक र आर्थिक प्रभाव बढ्दै गरेको देखिएको बताएका हुन। 

गैरकानूनी काम गर्ने न्यायाधीशलाई सरुवा मात्रको कारवाही गर्ने प्रवृत्तिले गल्ती गर्ने न्यायाधीशहरु अझै हौसिने उनको भनाइ थियो। यस्तै सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्तीले पनि न्यायालयमा राजनीतिकरण अन्त्य गर्नुको विकल्प नरहेको बताए। 

अधिवक्ता एवं कानूनविद् समेत रहेका लेखक तिवारीले पृथ्वीनारायण शाहका युवराज प्रतापसिंह शाहले तन्त्रविद्याको लहडमा विवाह गरेकी नेवार कन्या मैजु महारानीको विषयवस्तुमा लेखेको कृति मैजु महारानी‚ निबन्ध संग्रहहरु हिरासत‚ चुनौती‚ पितृलोकको वर्णन र मैले नचिनेको म समेत पाँच कृतिहरु आज एकसाथ सार्वजनिक गरिएको हो। हिमालय प्रतिष्ठानद्वारा आयोजित उक्त समारोहमा इतिहासकार डा․ सुरेन्द्र के․सीले राज्य सञ्चालनमा रहेका व्यक्तिहरुले यौनका सम्बन्धलाई उचित व्यवस्थापन गर्न नसक्दा के कस्ता दुर्घटना हुन्छन् भन्ने तथ्य मैजु महारानीमा प्रकट भएको बताए। - तस्विर शब्दपथ । 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक