20240208

कस्तो गाह्रो छ है आजकल !!

नानीका "बा" लाई केही भनौँ 

नानीहरु र बन्दुकेहरुको चित्त दुख्ने 

बोल्न जानेका "बा" लाई केही भनौँ 

नजन्माएका "छोरा छोरी" हरूको चित्त दुख्ने 

बोल्नै नजान्ने "दाइ" लाई केही भनौँ 

"भाइ" हरूको चित्त दुख्ने 

"राष्ट्रिय भाउजू" लाई केही भनौँ 

नन्द देवरहरूको चित्त दुख्ने 

बाबुराम र हिसिलालाई केही भनौँ 

मानुषीहरूको चित्त दुख्ने 

नेपालीत्व नभएका नेपाललाई केही भनौँ 

"समाजवादीहरू"को चित्त दुख्ने  

"भगवान्" हरूलाई केही भनौँ 

भक्तहरूको चित्त दुख्ने

हर्क "हर्के" नबन न भनौँ 

हर्के हवल्दारहरुको चित्त दुख्ने 

राम्रो गर बालेन नसन्केऊ न भनौँ 

काला चस्मे र दाह्रीवालहरूको चित्त दुख्ने  

जता पट्टिका जसलाई पनि केही भनौँ 

त्यतैका हरूको चित्त दुख्ने 

ब्यक्ति पिच्छे "राष्ट्रवादी" हरूलाई केही भनौँ 

वहाँका श्रीमती र परिवारहरूको चित्त दुख्ने 

बाहुन छेत्री बाहेक अरू कसैलाई केही भनौँ 

जातियबाद वालाहरूको चित्त दुख्ने 

धर्मवालाहरूको विषयमा केही बोलौँ 

ओहो त्यो त झन् आगो हो छुनै भएन       

केही पनि नबोलौँ, नभनौँ 

आफ्नै चित्त दुख्ने, 

आफ्नै चित्त नबुझ्ने ! 

कस्तो गाह्रो छ है आजकल !!

- रामप्रसाद खनाल, फेब्रुअरी ०८, २०२४    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक