20240204

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र रु एक अर्ब ७२ करोड जरिवाना

 विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र रु एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो । अदालतले आज सजाय निर्धारण गर्दा पूर्वसांसद तामाङलाई तीन वर्ष कैद, बिगोवमोजिम एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ जरिवाना हुने फैसला गरेको हो । सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गर्दै आज सजाय निर्धारणका लागि पेशी तोकेको थियो । निजकी श्रीमती सृृजना शाक्य तामाङलाई एक वर्ष ६ महिना कैद र रु एक अर्ब तीन करोड ५४ लाख ४३ हजार चार सय ८७ जरिवाना हुने फैसला गरेको छ ।

सोही मुद्दाका केशवलाल श्रेष्ठको एक वर्ष ६ महिना कैद र रु २५ करोड ६५ लाख ८६ हजार एक सय २४ बिगो तिर्नुपर्ने फैसला गरेको छ । अदालतले इच्छाराज तामाङ, सृृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित निजको परिवारका छजनाविरुद्ध २०७९ साल भदौ १६ गते मुद्दा दायर गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक