20240314

हामी नेपालीहरु चाहिने कुरामा पछि पर्दै गए पनि नचाहिने कुरामा भने अमेरिका युरोप भन्दा पनि अझ अगाडि बढ्दै, लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट !


 हामी नेपालीहरु चाहिने कुरामा पछि पर्दै गए पनि नचाहिने कुरामा भने अमेरिका युरोप भन्दा पनि अझ अगाडि बढ्दै गएका छौं । यो कुराको पुस्टि  सर्वोच्च अदालतमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै परेको रिटले पुन पुस्टि गरेको छ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी छन । नेपालमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिएको छैन । कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न अधिवक्ता भट्टराईले रिटमा परमादेश माग गरेकी छन् । १८ वर्षमाथिका जुनसुकै उमेर समूहका तर अविवाहितहरू, डिभोर्सीहरु, विधुवाहरु र अन्य जुनसुकै कारणले एकल जीवन व्यतीत गरिरहेका महिला तथा पुरुषलाई मात्र लिभिङ टुगेदरमा बस्न कानुनी रुपमा योग्य ठहर गर्नुपर्ने रिटमा माग गरिएको छ । उक्त रिटको ४ चैतमा सुनुवाइको मिति तोकिएको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक