20240315

प्रहरी प्रति जन विश्वाश बढ्दै जानु पर्नेमा झन घट्दै जाने क्रियाकलाप हुनु देश र जनताका लागि दुर्भाग्य ! प्रहरी र सीआईबीको छबी सुधार गर !

सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई अनुसन्धानमा गम्भीर त्रुटी गरेको औंल्याएपछि उनलाई र उनका सहयोगीहरु एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गर्नु पर्ने र जिम्मेवारीबाट हटाउनु पर्ने अवस्था आउनुले यसका हर्ताकर्ताहरुको मात्र होइन सत्य सेवा सुरक्षणम नारा बोकेको पवित्र संस्था नेपाल प्रहरीको इमेजमा कालो धब्बा लागेको छ ।  यस  अघि पनि यस्ता घटना नभएका होइनन र प्रहरी प्रति जन विश्वाश बढ्दै जानु पर्नेमा झन घट्दै जाने क्रियाकलाप हुनु देश र जनताका लागि दुर्भाग्यको कुरा हो । यदी सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले स्वतन्त्र र निस्पक्ष भएर काम गरेको हो भने र यो प्रतिबेदन सही ढङ्गले बुझाएको हो भने यसले औंल्याएका त्रुटी र यो त्रुटी गर्ने लाई सरुवा मात्र होइन सरकारले बर्खास्त गर्नु पर्छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जस्तो सम्बेदनशील ठाउँमा बसेर त्रुटी गर्ने, अपराधी उम्काउने, राजनीतिक नेताको आदेश पालना गर्ने, देश र जनता प्रति गद्दारी गर्ने जो कोही भए पनि ती राष्ट्रका शत्रु हुन ।

 अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पाएछन् । उनी प्रहरीमा काबिल र राम्रो छबी भएका अफिसर मानिन्छन उनी र उनको टिमबाट यस्ता त्रुटीहरु भएको सुन्नु पर्ने छैन भन्ने आशा र विश्वाश गरौं । श्यामलाल ज्ञवाली र उनको टिमलाई प्रहरी र सीआईबीको छबी सूधार्न सफलता मिलोस हाम्रो पनि शुभकामना ।                  



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक