20240331

धनबज्र बज्राचार्यको ९३ औँ जन्म जयन्तीका अवसरमा स्मृति सभा

 
नेपालका विशिष्ट विद्वान्, मूर्धन्य इतिहासविद्, विख्यात संस्कृतज्ञ तथा लिपिविज्ञ प्रज्ञा पुरुष धनबज्र बज्राचार्यको ९३ औँ जन्म जयन्तीका अवसरमा आयोजित स्मृति सभामा विभिन्न विद्वान् तथा इतिवासविद्हरूबाट उनको व्यक्तित्व तथा कृतिका बारेमा प्रकाश पार्दै स्मरण गरियो। ज्ञानगुन साहित्य प्रतिष्ठान, धनबज्र बज्रचार्य शोध सम्मान कोष, ज्ञानगुन प्रकाशन तथा हिमालय प्रतिष्ठाको संयुक्त आयोजनामा नक्सालस्थित होटल क्राउन प्लाजामा सम्पन्न सो स्मृति सभाको सभापतित्व वरिष्ट इतिहासविद् प्रा.डा.हेमन्त शम्शेर राणाले गरेका थिए भने लुम्बिनी बौद्ध विश्वविद्यालयका  पूर्व उप-कुलपति प्रा.डा.त्रिरत्न मानन्धर प्रमुख अतिथिका रूपमा रहेका थिए।

त्यसैगरी,अन्य अतिथिहरूमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंह,नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइला,वरिष्ट इतिहासविद् डा.जगदिशचन्द्र रेग्मी,डा.नयराज पौडेल,प्रा.डा.राजेश गौतम,सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादर सिंह तथा प्रकाश वस्ती,वैज्ञानिक प्रा.डा.मुकेशकुमार चालिसे, प्रा.डा.वीणा पौड्याल, वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठ, इतिहासविद् प्राध्यापक दिनेशराज पन्त समेतको उपस्थिति रहेको थियो।


कार्यक्रममा माननीय न्यायाधीश टोपबहादुर सिंह, साहित्यकार बैरागी काँइला, डा.जगदिशचन्द्र रेग्मी, डा.नयनाथ पौडेल, प्रा.डा. राजेश गौतम, पूर्व न्यायाधीश प्रकाश वस्ती, प्रा.डा.मुकेशकुमार चालिसे,प्रा.डा.वीणा पौड्याल,प्रकाश दर्नाल समेत ९ जना विशिष्ट व्यक्तित्वहरूलाई प्रमुख अतिथि प्रा.डा.हेमन्तशम्शेर राणाद्वारा धनबज्र बज्राचार्यको नाउँमा स्थापित वि.सं.२०७२ सालदेखि २०८० सालसम्मको शोध सम्मानबाट सम्मान गरिएको थियो।

सोही समारोहमा ज्ञानगुनका कुरा भाग २१९ धनवज्र वज्राचार्य स्मृति अङ्क ९ लगायत ज्ञानगुनका कुरा भाग २२३ सम्मका विभिन्न व्यक्तित्वहरूको नाममा रहेका विभिन्न अङ्कहरूको मञ्चमा आसीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको थियो भने न्यायका विभिन्न भागहरूको पनि लोकार्पण गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.त्रिरत्न मानन्धरले आफ्नो मन्तव्यमा धनबज्र बज्राचार्यले नेपाली इतिहासको सोधखोज र अन्वेषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै लिच्छिवी कालको इतिहासलाई जापानी भाषामा समेत अनुवाद गराउन सफल रहेको कुरा बताएका थिए।

सभापतिको आसनबाट बोल्दै प्रा.डा.हेमन्तशम्शेर राणाले इतिहासविद् धनबज्र बज्राचार्यसँगको सहकार्यमा बिताएका दिनहरूको स्मरण गर्दै भावुक भएका थिए।



कार्यक्रममा धनबज्र बज्राचार्यका शिष्य प्रा.डा.तीर्थबहादुर श्रेष्ठले २०२८ सालमा शुरू भएको गुरु शिष्यको नाताको स्मरण गर्दै बज्राचार्यले प्राचीन नेपालको इतिहास बडो रोचक तरिकाले पढाउने गरेको र लिच्छिवी कालको इतिहास जापानिज भाषा मा अनुवाद हुनसक्नुमा बज्राचार्यको ठूलो योगदान रहेको चर्चा गरेका थिए।साथै,उनले नेपाली इतिहासको क्षेत्रमा एकसेएक शिष्यहरू उत्पादन गर्ने सक्ने सफल गुरुका रूपमा धनबज्र बज्राचार्यलाई लिनुपर्ने बताए।

कार्यक्रममा पूर्व सहायकरथी डा.प्रेमसिंह बस्नेत तथा प्रा.दिनेश राज पन्त लगायत सम्मानित व्यक्तित्वहरू बैरागी काँइला,डा. वीणा पौड्याल,डा.राजेश गौतम,डा.मुकेशकुमार चालिसे,पूर्व न्यायाधीश प्रकाश वस्ती,डा.नयनाथ पौडेल र पूर्व न्यायाधीश टोपहबहादुर सिंह समेतले आ-आफ्ना मन्तव्य राखेका थिए।

कार्यक्रममा ज्ञानगुन साहित्य प्रतिष्ठानका अध्यक्ष शेषराज शिवाकोटीले स्वागत मन्तव्य राखेका थिए भने धनबज्र बज्रजाचार्य शोध सम्मान कोषका सदस्य टि.आर.ढकालले धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा साहित्यकारहरू रोचक घिमिरे,ठाकुर शर्मा भण्डारी, रामप्रसाद पन्त, प्रा.डा.गोविन्दमानसिंह कार्की, अमर प्रधान, शुक देव उपाध्याय, शरद प्रधान, ध्रुवहरि अधिकारी, सुभाषचन्द्र पौडेल 'भीमफेदीया' तथा निरा श्रेष्ठ महर्जन लगायत न्याय क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। 

कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गरेका थिए। - शब्द पथ 









No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक