20240328

पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति

 
दिल्ली उच्च अदालतले मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । उच्च अदालतले केजरीवाललाई रिहाइ गर्न अस्वीकार गरेको भोलिपल्ट आज फेरि उहाँलाई प्रवर्तन निर्देशनालय (ईडी) ले अदालतमा उपस्थित गराएको थियो । त्यसपछि अदालतले केजरीवाललाई आगामी अप्रिल १ सम्म हिरासतमा राख्न अनुमति दिएको हो । इडीले मार्च २१ मा केजरीवाललाई पक्राउ गरेको थियो । आसन्न निर्वाचनको तयारी भइरहेका बेला आम आदमी पार्टी नेता केजरीवाललाई पक्राउ गरिएको भन्दै भारतमा विरोध भएका छन् ।

त्यस्तै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले केजरीवाललाई गिरफ्तार गरिएको विषय निगरानीमा राखेको भन्दै स्वच्छ र छिटो कानुनी प्रक्रिया अघि बढाएको सुनिश्चित गर्न केही दिनअघि भारत सरकारलाई आग्रह गरेका थिए । अमेरिकाको सो भनाइप्रति भारतले आपत्ति जनाइसकेको छ । 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक