20240424

ए सर्वोच्च अदालतका न्यायमुर्तिहरु हो यो ढिलो न्याय अन्याय हुन्न र ? अदालतले कती बर्ष सम्म हेर्न नभ्याउने हो ??

काठमाडौं । पूर्वसभामुख एबम हत्या आरोपी अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दहेर्दै मा राखिएको छ । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब यो मुद्दाको सुनुवाई आगामी जेठ २३ मा हुने भएको छ । यो मुद्दा २०७२ चैत २२ गते तत्कालिन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रले संवैधानिक इजलासले हेर्ने आदेश गरेका थिए । त्यसपछि संवैधानिक इजलासमा १५ पटक भन्दा बढी पेशी तोकिए पनि पटक पटक हेर्न नभ्याइने र हेर्न नमिल्ने भन्दै सरिरहेको छ ।

सशस्त्र युद्धको क्रममा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटासहित माओवादी नेताविरुद्ध दिएको किटानी जाहेरी अनुसार यस मुद्धाको सुनुवाई भइरहेको छ । यस जाहेरीलाई प्रहरीले लामो समयसम्म नलिएपछि सर्वोच्च अदालतले २०६४ को फागुन २२ मा जाहेरी लिने आदेश दिएपछि प्रहरीले दर्ता गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक