20240406

राजा ज्ञानेन्द्र शाहकै रुपमा जुम्लाबासीले गरे भब्य स्वागत, उर्लियो जुम्ला, रोकिएन जनताको जयजयकार ! भिडियो र फोटोहरु आफै समाचार बोल्छन, अब फेरी जहानिया गणतन्त्र खतरामा पर्ने होला !

 
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द वीर विक्रम शाहदेव सरकारबाट आज २०८० चैत्र २४ गते जुम्लाको खलंगामा बक्सेको सम्बोधन :
उपस्थित महिला तथा सज्जनवृन्द, 
प्राचीन ऐतिहासिक स्थल जुम्लाको खलंगामा आइपुगेर यहाँका स्वाभिमानी जनता जनार्दन सामु उभिन पाउँदा म गौरब अनुभव गर्दछु । यो सुन्दर स्थलमा उपस्थित भइरहँदा मलाई आफ्ना गौरवशाली पिता पुर्खाको पनि सुखद संस्मरण भइरहेको छ । साँच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा, हाम्रो धर्म संस्कृति र हाम्रो सुन्दर सुसम्पन्न प्रकृतिको दिब्य धरोहर हो । नेपाल राष्ट्रको एकीकरण हुनु अघि बाइसे चौबीसे राज्य चरणमा पनि जुम्ला, सिंजा सभ्यताको केन्द्रस्थलको रूपमा रहेको इतिहास छ । चन्दननाथले पहाड खोपेर तलाउ क्षेत्र खलंगामा तलाङ बस्ती बसाएको, धौला र गरल जुम्ल्याहा डाँडा भएकोले जुम्ला नाम रहन गएको ऐतिहासिक तथ्य भेटिन्छ । अनेकौं अग्ला चुचुरा, भीर, पाखा, खोंच र केही मैदानी खोला खोल्सीले भरिपूर्ण जुम्ला कर्णाली, तिला र सिंगा नदीद्वारा सिञ्चित उर्वर र वैभवको थलो मानिन्छ। नेपालगञ्ज, दार्चुला, तुला, ताक्लाकोट सम्मको व्यापारिक पहुँच राख्ने यो क्षेत्र - खेतीपाती, भेडा, चौरी र घोडा पालनका हिसाबले महत्वपूर्ण रह्यो । कालो मार्सि धान, स्याउ, ओखर, केशर र अनेक प्रकारका वागवानी र वन्य वनस्पती जन्य जडीबुटी - जुम्लाका आफ्नैपनमा आधारित विशिष्टताहरू हुन् । कर्णाली महानदी प्रवाहबाट उठेर भरिपूर्ण प्रकृति बोकेको यहाँका पहाड, पर्वत, खाँच, खोला, खोल्सी हेर्दा देख्दा र बुझ्दा लाग्दछ - हामी यहाँका वासिन्दा अत्यन्तै सहृदयी, अत्यन्त कर्मनिष्ट र परस्परमा अत्यन्त आत्मीय छौं । आत्मीयता तथा राष्ट्रियता नै हाम्रो ठूलो बल हो । अनेकतामा एकता र आफ्नो विरासती ऐतिहासिक गौरबप्रति आस्था नै हाम्रो ठूलो पूँजी हो । कर्णाली सभ्यताले यही यथार्थ उजागर गर्दछ । आज देश कता जाँदैछ, तपाईहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गईरहेका छौं- आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइ राखेका छौं । कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर ख्वै ? त्यसैले म भन्छु अब हामी राष्ट्रको पुरानो गौरब फर्काउनका लागि जुटौं, देश बनाउनका लागि उठौं र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं । - यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठीनता तथा विपन्नता एवं शिक्षा चेतनाको कमीका कारण आफ्नो अम शीप र श्रोतको सहि उपयोग जुम्लाले गर्न पाएको छैन। राज्यले यस क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोगमा जोड दिनु पर्दछ । आफु जन्मे हुर्केको आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्नु पर्ने, अर्काको देशमा गएर तातो ताप पीडा खप्नु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्दछ । आज, हिजो होइन हामी आफै बदलिरहेका छौं । परिवर्तन साँच्चै पीडादायी भएपनि सधैं आवश्यक हुन्छ । याद होस्, संसारको पाङ्ग्रा सधैं आफ्नो गतिमा चलिरहेको हुन्छ । यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन । अब सुधी, अब चेती र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरी नयाँ समझदारी, नयाँ सम्बाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ। अन्त्यमा, आफ्ना यिनै शुभ सदाशय राखेर यो समारोह आयोजना गरि मलाई यस्तो सुअवसर प्रदान गर्नु हुने तपाई आयोजकहरू र यसक्षेत्रका उत्साहपूर्ण उपस्थितीका लागि सबैमा धन्यवाद जय नेपाल । 
२०८० चैत्र २४ गते - जुम्ला खलंगा




 


*******************



२६ वर्ष अघि नेपालमा इतिहास रचेको, अत्यधिक बिक्री भएको गीति एल्बम, सिडी र भिसिडी : छाता ओझेल पारिदेऊ बर्खे झरीमा...

छाता ओझेल पारिदेऊ बर्खे झरीमा, 

भो भो मलाई चाहिँदैन सम्पत्ति 

तिम्रै माया ठुलो छ संसार भरीमा...

रामप्रसाद खनाल  र बिमा कुमारी दुराले गाएको खनालको यो गीत २०५४ सालमा अर्थात् आज भन्दा २६ वर्ष अघि "लोक दोहोरी" एल्बममा प्रकाशन भई बजारमा आएको थियो । त्यो बेला नेपालमा इतिहास रचेको, अत्यधिक बिक्री भएको एल्बम, सिडी र भिसिडी थियो यो । यस्तो गीत गाउने खनाल र बिमा आफै अरू नेपालीहरू जस्तै बिदेसिनु पर्‍यो बाध्यता र बिबशताले देशबाट । गीतको पुरा भिडियो यो लिङ्कमा  https://www.youtube.com/watch?v=NQjch8qpax8&t=121s  हेर्न सकिन्छ । त्यो बेला न युट्युब थियो, न फेसबुक, न टिकटक न त कुनै सामाजिक सञ्जाल । त्यो बेलाको अत्यन्त लोकप्रिय गीत आज तपाईंहरुका लागि पनि । 

अमेरिकामा घर, जग्गा, बिजनेस किनबेचका लागि चिरपरिचित, बिश्वासिलो र भरपर्दो रियल्टर चाहिए सम्झिनुस, म तपाईंलाई सहयोग गर्न सक्छु ।



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक