20240402

पूर्व युवराज्ञी हिमानी शाहद्वारा क्यालिफोर्नियाको बेएरियास्थित मुक्तेश्वर महादेबमा रहेको नेपाल बाहिर स्थापित पहिलो मुक्तिनाथ धाममा पूजा–अर्चना

 

अमेरिका / हिमानी ट्रस्टका संरक्षक तथा पूर्व युवराज्ञी हिमानी शाहले आइतबार क्यालिफोर्नियाको बेएरियास्थित मुक्तेश्वर महादेब मा रहेको नेपाल बाहिर स्थापित पहिलो मुक्तिनाथ धाममा पूजा–अर्चना गर्दै त्यसका संस्थापक तथा सञ्चालक परिवारको सराहना गर्नुभयो । ‘प्रवासी भूमिमा पनि नेपाल र नेपालीको पहिचान उच्च राख्ने कार्य प्रशंसनीय छ, यस अनुकरणीय कार्यलाई मैले आफ्नो स्मृतिपटलमा सदाका लागि सजाएकी छु’ मुक्तिनाथ धाम सञ्चालन परिवारबाट अभिनन्दित समेत हुनुभएकी शाहले भन्नुभयो, नेपाली धर्म–संस्कृतिको संरक्षणका लागि देशभित्र वा बाहिर जहाँसुकै हुने कार्यमा आफ्नो परिवारको सहयोग हुनेछ ।

दुई घण्टाभन्दा लामो समय मुक्तिनाथ धाममा विताएकी पूर्व युवराज्ञी शाहको स्वागत गर्दै मुक्तिनाथ धाम निर्माण समितिका अध्यक्ष अनिल पाण्डेले नेपाल निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बडामहाराजाधिराज पृथ्वीनारायण शाहका उत्तराधिकारी परिवारका सदस्यको पूजापाठका कारण यस धामको महिमा अभिवृद्धि भएको छ भन्नुभयो । अध्यक्ष पाण्डेले कार्यक्रमको अन्त्यमा शाहको लिखित अभिनन्दन पनि गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्ष पशुपति कँडेलको नेतृत्वमा रहेको समूहले मुक्तिनाथको भजनका साथ शाहको स्वागत गर्दै आरम्भ भएको कार्यक्रममा सुजल शर्माको स्वागत मन्तव्य, सुजाता अर्याल लगायतका महिला समूहको स्वागत, पञ्चकन्याद्वारा पुष्पगुच्छा अर्पण, हिन्दु र बौद्ध धर्मअनुसार पूजा–अर्चना र शान्तिपाठ गरिएको थियो । कार्यक्रममा ६०० भन्दा बढी नेपाली तथा अमेरिकी नागरिकहरुको सहभागिता थियो ।  











   

***********

अमेरिकामा घर, जग्गा, बिजनेस किनबेचका लागि चिरपरिचित, बिश्वासिलो र भरपर्दो रियल्टर चाहिए सम्झिनुस, म तपाईंलाई सहयोग गर्न सक्छु ।



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक