20240419

विराटनगरस्थित अतिथि सदनमा विहिबार भएको विवाहमा दुलहा–दुलहीकै भीड, एकै पटक १५ जोडीले सामुहिक बिवाह गरे


 विराटनगर । सामान्यतयाः विवाहमा एक जोडी दुलहा–दुलही हुन्छन्, उनीहरुसँगै हुने जन्ती र घरगाउँले पक्षको उपस्थितीले विवाहमा भीडभाड हुन्छ । तर, विराटनगरस्थित अतिथि सदनमा विहिबार भएको विवाहमा दुलहा–दुलहीकै भीड थियो । त्यहाँ एक जोडी मात्र हैन, एकै पटक १५ जोडीले सामुहिक बिवाह गरेका छन् । सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल विराटनगरस्थित माहेश्वरी महिला मञ्चले ३० जना युवा–युवतीको सामुहिक विवाह गरिदिएको हो । सामुहिक विवाह गर्नेमा मोरङको जहदा गाउँपालिकाका १२ जोडी छन् भने कटहरी र झापाका युवा–युवती पनि विवाह बन्धनमा बाँधिएका छन् । उनीहरु स्थानीय विराटेश्वर मन्दिरमा भेला भई सिटीरिक्सा चढेर अतिथि सदन आएका थिए । त्यहाँ प्रत्यक जोडीका लागि फरक–फरक जग्गे बनाइएको थियो । उनीहरुलाई पुरोहितले धार्मिक परम्परा अनुसार विवाह गरिदिए । एकै प्रकारको पोसाकमा सजिएका दुलाहा–दुलहीको सामुहिक विवाहले आसपास क्षेत्रका मानिसको ध्यान खिच्यो, उनीहरु अचम्मित भएर सामुहिक विवाहको दृष्यावलोकन गरिरहेका थिए ।

यत्ती ठूलो संख्यामा युवा–युवतीले सामुहिक विवाह गरेको पूर्वी नेपालमा सम्भवत पहिलो घटना भएको धेरैको आकलन छ । सामुहिक विवाहका लागि करिब ६ महिना अघिदेखि तयारी थालिएको थियो । झन्डै ३० लाख खर्च गरेर विपन्न समुदायका युवा–युवतीको विवाह गरिदिएको माहेश्वरी महिला मञ्च विराटनगरकी अध्यक्ष पुनम राठीले जानकारी दिइन् । मञ्चको तर्फबाट दुलहीलाई १ थान सुनको तिलहरीसहित सुनचाँदीका गहना, दराज, ओढ्ने÷ओछ्याउँने कपडा लगायत सामाग्री प्रदान गरियो । दुलहीको नाममा ५ बर्षसम्मका लागि एघार हजारको मुद्दती खाता पनि खोलिएको छ । बैंक खातामा रहेको पैसा ५ वर्षपछि मात्र झिक्न पाउने व्यवस्था मिलाइएको मञ्चले जनाएको छ । सामूहिक विवाहमा पुगेकी विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह र उद्योगी महेश जाजुले मञ्चले विपन्न समुदायका युवायुवतीका लागि पुन्यको काम गरेको भन्दै खुलेर प्रशंसा गरेका छन् ।

*******



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक