20240407

८० लाख रुपियाँ बराबरको जग्गा घूस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिने इन्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 लुम्बिनी विकास कोषका योजना प्रमुख वरिष्ठ इन्जिनियर तथा कोषका हर्ताकर्ताका रुपमा रहेका सरोज भट्टराईले एउटै ठेकेदार कम्पनीलाई २ अर्ब रुपियाँभन्दा बढीको ठेक्का दिएबापत सो ठेकेदार कम्पनीबाट राजधानीको भक्तपुरमा रहेको साढे २ रोपनी जग्गा घूसबापत लिएको पाइएको छ। सरकारी कामका मनमौजी ठेक्का दिएर घूसबापत साढे २ रोपनी जग्गा लिने इन्जिनियर भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यसरी सरकारले सञ्चालन गर्ने विकास निर्माण र ठेक्कापट्टमा करोडौंको घूस चल्ने गरेको विषय यो प्रकरणले फेरि छताछुल्ल पारेको छ। नेपालका धेरैजसो विकास निर्माण र ठेक्कापट्टमा यस्तै घूस चल्ने गरेको बताइएको छ।

इन्जिनियर भट्टराइकै सक्रियतामा बाबुल निर्माण कम्पनी र त्यसका मुख्य सञ्चालक सफिक अहमदलाई आर्थिक वर्ष २०७५/७६ अघि कोषमा १२ वटा आयोजनाको काम गर्दा ९९ करोड, २५ लाख रुपियाँको ठेक्का दिलाएका थिए भने आव २०७५\७६ पछि हालसम्मको अवधिमा भट्टराईले सो बाबुल निर्माण सेवालाई विभिन्न आयोजनाको काम गर्न १ अर्ब ३७ करोडभन्दा बढीको ठेक्का दिलाइएको थियो। सोबापत इन्जिनियर भट्टराईले ८० लाख रुपियाँ बराबरको जग्गा घूस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिने इन्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार इन्जिनियरले घूस मागेपछि ठेकेदार सफिक अहमदले इन्जिनियरका आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुस्थित कि.नं. १३७४ र १३७५ मा क्रमशः २ रोपनी ९ आना र २ आना क्षेत्रफलको जग्गा खरिद गरिदिएका थिए। सो जग्गा किन्दा जग्गाधनी आइते तामाङको कृषि विकास बैंकको खातामा सिधै ठेकेदार सफिक अहमदको निर्माण सेवाको कृषि विकास बैंकको खाताबाट शुरुमा ४० लाख रकम दाखिला गरिएको थियो। त्यस्तै बाँकी ४० लाख रकम निज ठेकेदार अहमदको निर्माण सेवाको कृषि विकास बैंकको खाताबाट नानीकाजी थापाको कृषि विकास बैंकको खातामा दाखिला गराएको र निज थापाले सरोजकी आमा जनक नन्दनीमार्फत आइते तामाङको खातामा दाखिला गराएकी थिइन् । पछि घूसबापत ८० लाखमा किन्न लगाइएको जग्गा इन्जिनियरका आमाछोराले १ करोड ७२ लाखमा बिक्री गरेका थिए। अख्तियारले सो रकमसमेत जफत गर्न माग दाबी गरेको छ।

अख्तियारसँगको बयानमा ठेकेदार अहमदले ‘मैले ठेक्का पाएबापत इन्जिनियर भट्टराईले चलनचल्तीको दिनुपर्छ भनेर माग गरेकाले आफूले पटकपटक गरेर उनले भनेबमोजिमको खातामा ८० लाख रुपियाँ उपलब्ध गराएको भन्नुभएको छ। तर इन्जिनियर भट्टराईले चलाखी गर्दै पैसा आफ्नो खातामा नभएर जग्गाधनीको खातामा हाल्न लगाएर सो जग्गा आफ्नै आमाको नामा पास गराउनुभएको आयोगले जनाएको छ।

जग्गा आफ्नो नाममा बनाएपछि बिक्री गर्ने इन्जिनियरकी आमा जनक नन्दिनीविरुद्ध पनि अख्तियारले मतियारका रुपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अमेरिकामा घर, जग्गा, बिजनेस किनबेचका लागि चिरपरिचित, बिश्वासिलो र भरपर्दो रियल्टर चाहिए सम्झिनुस, म तपाईंलाई सहयोग गर्न सक्छु ।



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक