20240501

भर्जिनिया राज्यको डिस्ट्रिक १० बाट कंग्रेसमेन उमेदवार एड्रियन पोखरेलको आह्वान

 नमस्कार , म एड्रियन पोखरेल,  

भर्जिनिया राज्यको डिस्ट्रिक १० बाट कंग्रेसमेनका लागि औपचारिक रूपमा मेरो मनोनयन स्वीकृत भैसकेको छ । भर्जिनियामा उक्त पदको निर्बाचनमा उमेद्वार बन्न आफ्नै डिस्ट्रिक्टका १००० जनाको पिटिसन जरूरी थियो , त्यो हामीले सहजै पुरा गर्यौ करीव १६०० जतिको पिटिसन बुझायौं । म अमेरिकी राजनीतिमा संलग्न हुनका लागि मलाई मैले युएस आर्मीमा गरेको सेवाले ठूलो प्रभाव पार्यो । म उमेद्वार भएको क्षेत्रबाट १२ जनाको उम्मेद्वारी  परेको छ । जस्मा नेपाली मूलको म मात्रै छु । मैले भरखरै निर्बाचन आयोगबाट यो क्षेत्रबाट कति नेपालीहरुले अघिल्लो पटकको निर्बाचनमा भाग लिएर रहेछन भनेर बुझ्ने कोशिस मात्रै होइन , त्यसको डाटा नै प्राप्त गरेको छु । उक्त डाटा प्राप्त गर्नका लागि समेत मोटै रकम तिर्नु पर्ने रहेछ । अहिलेसम्म मैले ३ हजार नेपालीहरु यो क्षेत्रमा मतदान गर्न योग्य भएको जानकारी पाएको छु , मसंग भएको डाटाले त्यही देखाउछ । भर्जिनियामा मसंबद्द डेमोक्रेटिक पार्टीको प्राइमरी चुनाब जुन १८ का दिन हुदै छ । त्यसको लागि अर्र्ली मतदान मे ३ बाटै शुरू हुंदै छ । यो प्राइमरी निर्बाचनमा बिजयी बने नोभेम्वर ५ को निर्बाचनमा सजिलै बिजय हासिल गर्न सकिने छ । 

चुनाव जित्न हामीले  चुनावी क्याम्पेन सञ्चालन गर्नुपर्ने हुन्छ।त्यसका लागि लागि अनुभवी र व्यावसायिक स्टाफ व्यवस्थापन, टीभी डिजिटल, फ्लायर, यार्ड साइन, टी-सर्ट क्याप  प्रचारप्रसारका सामग्री उत्पादन गरी लाखौ मतदातामा पुग्नुपर्ने हुन्छ। त्यसैले अमेरिकामा

चुनावी क्याम्पेन अत्यन्तै महङ्गो छ।हाम्रा प्रतिश्पर्धीहरू कोही स्टेट सिनेटर कोही हाउस अफ डेलिगेट छन , त्यसैले पनि क्यापिटल हिलको यात्रा निक्कै महंगो पनि छ । यो अभियानलाई अझ सहज बनाउनका लागि म आफैले आफ्नो घर धितो राखेर $ १०००००( एकलाख डलर ) जम्मा गरेर अति आबस्यकीय सामग्री खरीद र अफिस भाडा कर्मचारीको तलबको ब्यबस्था गर्दै गरेको छु । तर यो महंगो चुनाबका लागि मैले आफूले डोनेशन गरेको रकम “ हात्तीको मुखमा जिरा” झै भएको छ । अमेरिकी निर्बाचनमा नेपाली मूलका अमेरिकनले बिजयी बनिरहदा हजुर अत्यन्त खुशी हुने र यस्ता कार्यमा सकेको सहयोग गर्नु हुने जानकारी समाजका बिशिष्ट ब्यक्तिहरुबाट थाहा पाएर पनि म हजुरलाई यो सूचना संप्रेषण गरिरहेको छु । हजुरबाट आज $५० $१०० $२५० $५०० वा जति सकिन्छ सक्दो सहयोग गरेर यो क्याम्पेनलाई नयां उचाई दिनु भयो भने हामी सबैको सपना साकार हुनेछ । मैले निर्बाचन जितिरहदा त्यस्को हिस्सा हजुर समेत हुनुहुनेछ । हामीले गोरेटो खनिरहदा हाम्रा दोश्रा पुस्ताले गर्व गर्ने छन साथै नयां उचाई दिने छन । नेपालीका लागि इतिहास बनाउने यो मौका हाम्रो जीवनकालमा फेरि नआउन पनि सक्छ त्यसैले हामीले पछाडि फर्कनु हुन त्यो छुट हामीलाई पटक्कै छैन । 

मलाई यो अभियानमा सहयोग गरिरहदा आफैलाई सहयोग गरिरहेको छु भन्ने अनुभूत यहांलाई हुनेछ । यो अभियानको एक अंश बन्नका लागि तलको लिंकमा गएर सहयोग गर्न सक्नु हुनेछ । 


एड्रियन पोखरेल

भर्जिनिया राज्यको डिस्ट्रिक १० बाट कंग्रेसमेन उमेदवार 


***************************

अमेरिकामा घर, जग्गा, बिजनेस किनबेचका लागि चिरपरिचित, बिश्वासिलो र भरपर्दो रियल्टर चाहिए सम्झिनुस, म तपाईंलाई सहयोग गर्न सक्छु ।



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक