20240522

राम्रो गरे राम्रो भन्ने हो, नराम्रो गरे नराम्रो भन्ने हो, इश्युवाइज काम हेरेर बोल्ने हो, गलतलाई सही मरिगए पनि भनिन्न !

केही बोले लेखे कुनै बेला प्रचण्ड, बाबुरामका "अरिङ्गाल" आक्रामक भई झम्टी हाल्थे, टोकी हाल्थे, मार्ने धम्की दिन्थे, पख तँलाई भन्दै मानसिक यातना दिन्थे । हत्या हिंसा, लुटपाट, अपराधका सिरियलहरूबाट राजनीतिबाट उदाएका ती कथित माओवादी भनिने अरिङ्गाल बिस्तारै बिस्तारै दुला पस्दै गए थन्किए । त्यस पछि ओलीका अरिङ्गाल झन् कडा निस्किन थाले । ओलीका विरुद्ध केही बोल्न लेख्न हुन्न थ्यो आक्रामक भई झम्टी हाल्थे, टोकी हाल्थे, ओहो ती अरिङ्गालको आतङ्क पनि कम थिएन । त्यो भन्दा अगाडि शेर बहादुर दाइ र भाउजूका "अरिङ्गाल" पनि प्रतिरक्षा मा उत्री हाल्थे तर अहिले ती "अरिङ्गाल" पनि चुप बस्न थालेका छन् । अहिले नो, नट अगेन भन्दै राजनीतिमा आएका, सत्ता पाए पछि यस, यस अगेन भन्दै उनीहरूकै फेरो समाउँदै तीनै डुंङ्डुङी गन्हाएका हरूको सिको गर्दै नयाँ "अरिङ्गाल" हरूको जन्म भएको छ । यो हुने मेसो होइन । जब जब "अरिङ्गाल" बढ्छन्, जाइ लाग्न थाल्छन् नि, अरिङ्गालको गोलो नै नरहन सक्छ । आफूलाई नयाँ भन्नेहरूले पुरानाको सिको बन्द गरुन्, "अरिङ्गाल" आतङ्क बन्द गरुन् र सच्चिउन् । भिरमा जाने गोरुलाई राम राम भन्ने हो काँध थाप्न सकिन्न । राम्रो गरे राम्रो भन्ने हो, नराम्रो गरे नराम्रो भन्ने हो, इश्युवाइज काम हेरेर बोल्ने हो, गलतलाई सही मरिगए पनि भनिन्न । बुझ्ने लाई यत्ति नै काफी छ । केही वर्ष अघि मैले लेखेको र म्युजिक सहित गीति लयमा बाचित यो कविता आज पनि सान्दर्भिक लागेर यहाँ पुनः सम्प्रेषण गर्दै छु । तपाईँलाई कस्तो लाग्छ कुन्नि ? - रामप्रसाद खनाल
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक