20240505

उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला जनता समाजवादी नेपाल (जसपा) फुटको संघारमा, अशोककुमार राई आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग


 काठमाडौं ।  अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला जनता समाजवादी नेपाल (जसपा) फुटको संघारमा पुगेको छ । आइतबार अपरान्ह वरिष्ठ नेता अशोककुमार राई आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नुभएको छ । राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता समेत भएको छ । स्रोतका अनुसार निवेदनमा हस्ताक्षर गर्नेहरुमा राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठ हुुनुहुन्छ ।

जसपा नेपालसँग संघीय संसद्‌मा १२ सांसद छन् । ती मध्ये सात जनाले निवेदन दिएका हुन् । त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका २९ जना सदस्यले निवेदन दिएका छन् । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी मात्रै राखिएको एक नेताले बताए । उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादव यतिबेला अमेरिकामा भ्रमणमा हुनुहुन्छ। उहाँ पक्षका प्रवक्ता मनिष सुमनले भने केही साथीहरूले आफ्नै राजनीतिक हत्या गरेका प्रतिक्रिया दिनुभएको छ ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक