20240511

दाङमा दुई महिलाको हत्या, काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या, थप विवरण आउन बाँकी

  दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको शनिवार दिउँसो हत्या भएको हो । हत्या हुनेमा सुर्खेत घरभई घोराही उपमहानगरपालिका-१० पहेलपार बस्दै आएकी करिब ४४ बर्षीया संगीता सुनार र रुकुम घरभई सोहि ठाउँ बस्दै आएकी करिब ५० बर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् । प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा भएको हत्याको अनुसन्धान भइरहेको बताए । उनका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । घट्ना का बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन् । 

यता काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको  हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच बाटोमै हत्या भएको बताए । सो घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी पनि उनले दिए । हत्याको कारण भने खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको छ । धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक