20240619

साउदी अरेबियाको मक्कामा एक हप्ताको अवधिमा गर्मीका कारण ५७७ हजयात्रीको मृत्यु, इरान, इन्डोनेसिया र सेनेगलका हजयात्रीको पनि मृत्यु


  साउदी अरेबियाको मक्कामा एक हप्ताको अवधिमा गर्मीका कारण ५७७ हजयात्रीको मृत्यु भएको छ । जुन १२ देखि जुन १९ सम्मको अवधिमा हजमा गएका ५७७ जनाले उच्च गर्मीका कारण ज्यान गुमाएका हुन् । द गार्डियनको रिपोर्टअनुसार गर्मीका कारण इजिप्टका ३२३ र जोर्डनका ६० जनाले ज्यान गुमाएका छन् । यसबाहेक इरान, इन्डोनेसिया र सेनेगलका हजयात्रीको पनि मृत्यु भएको छ । अधिकांशको मृत्यु गर्मीबाट हुने रोगका कारण भएको हो । गर्मीका कारण बिरामी परेका करिब दुई हजार हजयात्रीको उपचार भइरहेको साउदी अरेबियाले जनाएको छ ।

जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । साउदी अरेबियाका अधिकारीहरूका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ । गत वर्ष गत वर्ष गर्मीकै कारण २४० जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका नागरिक थिए । साउदीले सबै यात्रुलाई छाताको प्रयोग गर्न सुझाव दिएको छ । यसबाहेक उनीहरूलाई लगातार पानी पिउन र घामबाट बच्न आग्रह गरिएको छ । यस वर्ष करिब १८ लाख जना हजका लागि पुगेका छन् । जसमध्ये १६ लाख अन्य देशका हुन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक