20240621

मानवीय कार्यबाट सिर्जित जलवायु परिवर्तनले अमेरिकाको दक्षिण–उत्तर र मध्य क्षेत्र तथा मेक्सिकोमा गर्मी झन्डै ३५ गुणाले बढ्ने सङ्केत

 मानवीय कार्यबाट सिर्जित जलवायु परिवर्तनले अमेरिकाको दक्षिण–उत्तर र मध्य क्षेत्र तथा मेक्सिकोमा गर्मी झन्डै ३५ गुणाले बढ्ने सङ्केत देखिएको छ । वल्र्ड वेदर एट्रिब्युसन नामक संस्थाले गरेको अध्ययन अनुसार ती क्षेत्रमा हिटवेभको सम्भावना अत्यधिक भएको वैज्ञानिकले चेतावनी दिएका हुन् । सो संस्थाले मे महिना र जुन महिनाको सुरुवाती दिनमा गर्मीमाथि अध्ययन अनुसन्धान गरेका थिए । अनुसन्धान क्यालिफोर्निया, नेभाडा र एरिजोनासहित दक्षिणपश्चिमी राज्यहरूमा फैलिएको हिटवेभमा केन्द्रीत भएको बीबीसीले जनाएको छ । अध्ययन पूरा गर्न केही समय लाग्ने हुँदा जलवायु परिवर्तनले अमेरिकादेखि पर्वतीय मुलुक क्यानडासम्म फैलिएको हिटवेभले पारेको असरबारे अहिले भन्न नसकिने वैज्ञानिकले बताएका छन् । यद्यपि उनीहरुले जलवायु परिवर्तनका कारण हिटवेभ अधिक मात्रामा बढ्दै गएको तथ्य औँल्याएका छन् ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक