20240624

प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आउनुभएको छ : प्रमुख सचेतक रमेश लेखक

 नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आउनुभएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले अस्थिरताको चुनौति कायम रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्या संख्यानभएर जादु रहेको बताउनुभएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आउनुभएको टिप्पणी गर्नुभयो । उहाँले विडम्वनापूर्ण अवस्थामा नेपाली नागरिकहरु बाँच्नु परिरहेको बताउनु भयो । उहाँले अहिले पनि धेरै चुनौतिहरु नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताउनु भयो । उहाँले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतिपय चुनौतिहरु अहिले पनि हामीले व्यहोर्नु परिरहेको छ । अहिले अस्थिरताको चुनौति छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ । तर राजनीतिक अस्थिरताले यि सबै कुरालाई ओझेलमा राखेको छ । अझै कति दिन अस्थिरता व्यहोर्नुपर्ने हो भन्नेकुरा पनि थाहा छैन । सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो संख्या होइन जादु हो भन्नुभएको छ । हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, उहाँ राम्रो जादुगर भएर आउनुभइएको छ । त्यस्तो विडम्वनामा हामीले बाच्नु परिरहेको छ ।’ उहाँले लोकतन्त्र भनेको विचारको बजार भएको बताउनु भयो ।

यसै बिच  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण काँग्रेस बद्नाम भइरहेको बताउनु भयो । सत्पात्रको खोजि गरेर फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सिमित बनिरहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘हाम्रो राजनीति कस्तो हुँदै गएको छ भने सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्ने यसमा गएर यसले एउटा मिसन नै हराएको जस्तो भएको छ । त्यो मिसन हराएको जस्तो राजनीतिबाट हामी मुक्त हुनुपर्छ । अरु राजनीतिक दलले आफ्नो ठाउँबाट प्रयास गर्नुहोला, हामीले आफ्नो ठाउँबाट प्रयास गर्नेछौँ । हामीले हाम्रो इतिहासमा रहेको, हामीले सम्झनुपर्ने तर नसम्झिरहेको पात्रहरुलाई खोजि खोजिकन ल्याउनुपर्छ । नेपाली काँग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक छ । किनपनि भने काँग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । काँग्रेस भित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफू भित्र लागेको दाग सफा हुँदैन । काँग्रेस भित्रको फोहोर सफा गर्ने सन्दर्भमा काँग्रेस भित्रको फोहोर थोरै छ । काँग्रेस भित्रको सफाको अंश धेरै छ । तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ ।’ महामन्त्री थापाले प्रधानमन्त्री बन्नेहरुलाई म किन प्रधानमन्त्री बनेको हुँ ? भन्नेकुराको जानकारी नै नरहेको बताउनु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक