20240628

दुःख साथ भन्नुपर्छ अमेरिकाका आगामी चार वर्ष दुर्भाग्यपूर्ण हुने छन

अमेरिकाको १७ वर्ष लामो बसाइमा पहिला पहिला जस्तै हिजो राती पनि CNN द्वारा आयोजित एक विशेष कार्यक्रममा अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अर्थात यही नोभेम्बर मा हुन गइरहेको चुनावका पनि दुई मुख्य प्रतिस्पर्धी राष्ट्रपतीय उमेदवारहरुको बहस सुन्दा लाग्यो आउने यी दुई मध्ये एक हुन तर दुःख साथ भन्नु पर्छ अमेरिकाका आगामी चार वर्ष दुर्भाग्यपूर्ण हुने छन । यी अमेरिकन दुई "बा" हरूले गर्दा कैयौँ आशा लाग्दा छोराहरूको घाँटी निमोठियो । सारा अमेरिकन हरू निराश भएको महसुस भयो । राजनीति जताको भए पनि फोहोरी हुने रहेछ । दुवैले दुबैलाई तल्लो स्तरमा झरेर प्रहार गरेका शब्द बाण हरू सुन्दा मलाई म सानो बच्चा हुँदा गाउँघरमा देखे सुनेका पंधेर्नी झगडा याद आयो । दुवै उमेदवारहरु प्रश्नमा विमुख लाग्यो । माफ गर्नुहोला यो भन्दै गर्दा तर सत्य के हो भने सामान्य मान्छेहरूले पनि यो भन्दा राम्रो बहस गर्छन् गर्न सक्छन यी "बा" हरूले पनि उताका अवैध "बा" हरू बिर्साए हिजो राती । एउटा स्वतन्त्र विश्लेषण हो यो । सत्य तितो हुन्छ । - सम्पादक

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक