20240707

अविरल वर्षाका कारण आएको बाढी पहिराेलगायतका विपदमा परी हालसम्म ७० जनाले ज्यान गुमाए, हेर्नुस् कहाँ कहाँ के के भयो ?


 Updated....
मनशुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु !
अविरल वर्षाका कारण आएको बाढी पहिराेलगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिराेमा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिराेमा परी काठमाडौँ एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ । 

यसै गरी बाढी पहिराे तथा विपदका कारण काठमाडौँ तीन जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा चार जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा ११ जना तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी जम्मा ५४ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँका अनुसार बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना तथा कर्णाली प्रदेशमा एक जना गरी सात जना बेपत्ता भएका छन् । 

यसै गरी बाढीको कारण एक सय २१ घर डुबानमा परेका छन् । जसअन्तर्गत ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ प्रहरीले जनाएको छ । बाढी पहिरामै परी एक सय ८८ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपदका घटनाबाट एक हजार ५८ घर परिवार विस्थापित भएका छन् ।

भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायतका ठुला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । देशैभरी तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कर्णाली नदीमा बाढीको सतह १० मिटरमाथि उक्लेको छ । आइतबार साँझ ६ः५० बजे १० मिटर १ सेन्टिमिटर पुगेको छ । कर्णाली नदीमा १० मिटरलाई शतर्कताको तह र १० मिटर ८० सेन्टिमिटरलाई खतराको तह मानिन्छ ।

गेज रिडर पार्वती गुरुङले विहान साढे सात मिटर रहेको सतह दिनभरमा बढेर १० मिटर नाघेको हो । बाढीको सतह बढ्दो क्रममा छ । टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले तल्लो तटका मानिसहरुलाई सचेत गराउने सन्देश पठाउन थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार पथरैया नदीमा आएको बाढीले वडा ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुवानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी अन्यत्र सारिएको छ ।

चिसापानीमा बढेको बाढी टीकापुर पुग्न साढे तीन घण्टा जति लाग्छ । चिसापानीको बाढी राति १० बजेपछि टीकापुर पुग्नेछ ।  कर्णाली नदी किनारमा बनेको पुरानो तटबन्ध भत्किएमा बाढी बस्तिमा पसेर धनजनको क्षति हुनसक्ने पूर्वानुमान गरिएको छ । 

कर्णालीमा बाढी बढेमा टीकापुर नगरपालिका वडा ५, ७ र ८ प्रभावित हुन्छन् । वडा २ को विजयनगर, वडा ५ का शाहीपुर, सिम्रेनी कर्मीडाँडा, वडा ७ को महादेव टोल, वडा ८ को पूरै वडालाई यस वर्ष बाढीले क्षति गर्न सक्ने क्षेत्रका रुपमा पहिचान गरिएको छ ।

उता सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । अहिले ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९३ हजार ७१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । 

सतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका बिहानदेखि खोलिएको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदैआएको छ । 

आज रातिबाट पानीको बहाव झन् बढेपछि ब्यारेजका ५६ वटै ढोका आइतबार बिहान ९ बजेदेखि खोलिएको थियो । सप्तकोशी चतरा जल मापन केन्द्रले आज दिउँसो ४ बजे १ लाख ७२ हजार ५ सय क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कोशी योजना आयोग विराटनगरका सम्पर्क भूआर्जन अधिकृत प्रमोद पौडेलले बताउनुभयो । 


२०२० मा ३ लाख ३४ हजार नौसय, सन् २०२१ मा २ लाख ७४ हजार, सन् २०२२ मा २ लाख ४३ हजार, सन् २०२३ अगस्ट १४ मा ४ लाख ६२ हजार ३४५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको कोशी योजना विराटनगर सम्पर्क तथा भूआर्जन कार्यालयले जनाएको छ । 


पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च बन्दैगएको छ । कोसीमा पानीको जल सतह उच्च भए पनि कोसीले पूर्वी स्परहरुमा यो समाचार तयार पार्दासम्म कुनै क्षति गरेको छैन । पूर्वी तटबन्धको राजावास, प्रकाशपुर, मधुवनलगायत क्षेत्रमा खतरा नरहेको बताइएको छ । कोशी नदीका भेल भने तटबन्धनजिक आएको छ ।


मनाङको नासो गाउँपालिका-५ थोँचे कटानको गर्दा धरापमा पर्दै गएको छ। 


शुक्रबारदेखि सुरु भएको वर्षा आइतबार केही कम भए पनि दुधखोलामा एक्कासि बाढी आउँदा दुई खोलाको बिचमा रहेको प्रकाशज्योति आवासीय मावि, वडा कार्यालय तथा वडा स्वास्थ्य कार्यालय कटानको उच्च जोखिममा रहेको वडा नं. ५ का वडाध्यक्ष थुतेन लामाले जानकारी दिनुभयो। 


शनिबारको तुलनामा आइतबार वर्षा कम भए पनि दुधखोला उर्लेर आउँदा कटानको चपेटामा परेको उहाँको भनाइ थियो। वडाध्यक्ष लामाले विभिन्न सञ्चारका माध्यमबाट अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन तथा सुरक्षित रहन आग्रह गरिएको बताउनुभयो। विशेष गरी रातीको समयमा ढुक्कसँग नुसी सतर्क रहन अनुरोध गरिएको छ। 


बाढीको कटानले गर्दा प्रकाशज्योति मावि पनि धरापमा परेको छ। मर्स्याङ्दीको बाढीले खोलामा लगाइएको पर्खाल भत्काएको लामाले बताउनुभयो।


यसैबिच मनाङ हाल सडक सञ्जालसँग विच्छेद भएको छ। खाद्यान्न तथा औषधीको अभाव हुन नदिन सतर्कताका साथ लागिपरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।


 वर्षाले अवरुद्ध भएको पृथ्वीराजमार्गको दमौली–कोत्रेखण्ड एकतर्फी सञ्चालन भएको छ।


म्याग्दे गाउँपालिका–६ को मौरीबास र शुक्लागण्डकी नगरपालिका–७ को सेरा स्थित कल्भट बगाएपछि यातायात अवरुद्ध भएको थियो।  आइतबार दिउँसोदेखि सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो। 


शनिबार बिहानदेखि अवरुद्ध भएको सडक आइतबार दिउँसोबाट  सञ्चालन भएपनि पानी परिरहेकोले जोखिम भने कायम नै रहेको पौडेल बताउनुहुन्छ।


विस्तारको क्रममा रहेको पृथ्वीराजमार्ग अन्तर्गतको पश्चिम खण्डका खण्डका डोजर तथा कामदार प्रयोग गरेर अवरुद्ध सडक सुचारु गरिएको प्रहरीले जनाएको छ । लामो समयसम्म दुवैतर्फ यातायात अवरुद्ध हुँदा यात्रु समस्यामा थिए। 


वर्षाका कारण बाँकेका दुई दर्जन बढी गाउँ र टोल डुबानमा परेका छन्। राप्ती नदी, विभिन्न नदी र खोला छेउ र सहरी क्षेत्रका गाउँ टोलहरू डुबानमा परेको स्थानीयले जनाएका छन्। 


जिल्लाको राप्ती सोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दुई दर्जन बढी गाउँहरू डुबानमा परिसकेका छन्।


जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अनुसार निरन्तरको वर्षाले गर्दा पानी जम्मा भएर वा राप्ती नदी लगायतका खोला नालामा पानी धेरै भएर गाउँ बस्ती र टोलहरू डुबानमा परेको जनाएको छ। 


डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीमा निर्माण गरिएको पुलको माथि नजिकै पानी पुगिसकेकोले पुलमा आवागमन निषेध गरिएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार बिहानदेखि राप्ती नदीमा रहेको राप्ती पुलमा सवारी साधन आवागमनमा रोक लगाइएको छ। 


राप्ती नदीमा आएको बाढीले नरैनापुरका दर्जन बढी गाउँ डुबानमा परेको विपद् व्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्राले जानकारी दिनुभयो।


मिश्राका अनुसार नरैनापुर गाउँपालिका वडा नं–६ को शोनवर्षा, कुदर बेटवा, गङ्गापुर, भोजपुर, वडा नम्बर ५ को भगवानपुर, नेवाजी गाउँ, मटेहियाको दक्षिणी किनारका घरहरू राप्तीको बाढीका कारण डुबानमा परेका छन्।


जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डुबान क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी एव उद्धार टोलीसहित नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी समेत खटिएको बताउनुभयो। 


उहाँले आइतबार बिहानैबाट राप्ती नदीमा पानीको सतह घट्दै गएकोले ठुलो बाढीको सम्भावना टर्दै गएको जनाउँदै वर्षाका कारण धेरै गाउँ टोलमा डुबान भएकोले सही तथ्याङ्क सङ्कलनका लागि अनुरोध गर्नुभयो।  


आइतबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ । 


हिजो शनिवार राति नौ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनु भयो । यादवका अनुसार कोसीमा बाढी आउँदा नदीमा पानीको बहाव उच्च मापन गरिएको हो । अहिले ब्यारेजको ४६ वटा ढोका खोलिएको छ । 


सप्तकोसी चतरा जल मापन केन्द्रले शनिवार १० बजे राति ६ मिटर जल सतह पार गरेको जनाएको छ । जल सतह खतराको नजिक पुगेसँगै उदयपुर, सुनसरी,  सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने भागहरूमा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । 


पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च हुँदै गएको हो । कोसीमा पानीको जल सतह उच्च भए पनि कोसीले पूर्वी स्परहरुमा कुनै क्षति पु र्‍याएको छैन । राजावास, प्रकाशपुर, मधुवनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । कोशी नदीकाे भेल भने तटबन्धको नजिक आएको छ ।


यसै बिच मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् ।


गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलान्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रूपमा क्षति पुगेको छ । ११ घरमा आंशिक क्षति भएको छ ।


पहिराका कारण ३४ जनाले ज्यान गुमाएका छन् । पहिराले दुई जना बेपत्ता र ३८ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । पहिराले ४३ घर पूर्ण रूपमा क्षति भएको छ । २४ घरमा आंशिक क्षति पुगेको छ । १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन् । ११ घर पूर्णरुपमा र छ घर आंशिक रूपमा क्षतिग्रस्त छन् ।


बाढी र पहिराले हालसम्म आठ करोड छ लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । चट्याङबाट १९ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । “बाढी, पहिरो, डुबान, चट्याङजस्ता मनसुनजन्य घटना अझै बढ्दो क्रममा छ, क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेका छौँ”, प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भन्नुभयो, “यस वर्ष सरदरभन्दा बढी पानी पर्ने र १८ लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ ।” उहाँका अनुसार यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्मा पर्ने आङ्कलन गरिएको छ ।


जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनिल पोखरेलले सोमबारदेखि मुलुकभर बाढीको जोखिम कम हुने जानकारी दिनुभयो  । “आज दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार कुनै पनि नदी बाढीको खतरा तहमा पुगेको छैन, मुलुकको विभिन्न नौ वटा नदीहरू सतर्कता तहमा छ”, उहाँले भन्नुभयो, “क्रमिक रूपमा नदीमा पानीको प्रवाह घटिरहेको छ, भोलिदेखि बाढीको खतरा तत्कालका लागि टर्नेछ ।”


गृह मन्त्रालयको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलअनुसार एक सातामा मुलुकको एक सय १० स्थानमा पहिरो गएको छ । बाढी जस्तै पहिराको पूर्वसुचनालाई प्रभावकारी बनाउन आवश्यक रहेको भू–गर्भविद् डा सुबोध ढकालले बताउनुभयो । 


“राजमार्गमा पहिराको सम्भावना बढी हुने भएकाले यात्रा गर्दा विशेष ध्यान दिऊ । जमिन चिरा देखिएमा तत्काल खाँदेर पुर्ने र पानी तर्काउने काम गरौँ, नसकेमा सुरक्षित स्थानमा बस्ने, जथाभाबी भल बग्ने गरेको छ भने सामान्य कुलो बनाई पानीलाई एकीकृत गरी तर्काउनुपर्छ”, उहाँले भन्नुभयो, “तपाईँ बस्ने स्थानमा पहिले पहिरो गएको छ भने निरन्तर निगरानी गर्ने, सुरक्षित स्थानमा बस्ने, जमिन अथवा पहरोमा अनौठो किसिमको कटकट आवाज सुनियो भने पहिरोको सङ्केत हुनसक्ने भएकाले सतर्क रही सूचना दिनुपर्छ ।”


उहाँका अनुसार सुकिसकेका कुवा धारामा एक्कासि पानी आउन थाल्यो वा पानी आउने धारा कुवामा पानी सुक्न थाल्यो भने जमिन हलचलको सङ्केत हुनसक्छ ।


२७ सडकखण्ड अवरुद्ध


ललितपुरस्थित बागमती गाउँपालिकामा गएको पहिराले कान्ति लोकपथ पूर्ण रूपमा अवरोध भएको छ । सङ्खुवासभास्थित मकालु गाउँपालिकामा गएको बाढीले दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सङ्खुवासभाकै भोटखोला गाउँपालिकामा बाढीले कोशी रोजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । सुनसरी वराहक्षेत्र नगरपालिका–१ मा गएको पहिराले चतरा–वराहक्षेत्रको भित्री सडक अवरुद्ध छ ।


रसुवास्थित आमाछोदिङ्गो गाउँपालिका–५ मा गएको पहिराले स्याफ्रुबेसी–थाम्बुचेत सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । चितवनस्थित इच्छाकामना गाउँपालिका–३ मा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ । मकवानपुरस्थित भीमफेदी गाउँपालिका–४ मा गएको पहिरोले भिमफेदी–काठमाडौँ–हेटौँडा राजमार्ग एकतर्फी सञ्चालन छ । सोही गाउँपालिका–८ को पहिराले कान्ती लोकपथ एकतर्फी सञ्चालन छ । काभ्रेको रोशी गाउँपालिकामा गएको पहिराले बिपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।


मनाङको चामे गाउँपालिकामा गएको बाढीले चामे–बेंसीसहर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दी बेनी नगरपालिका–४ मा गएको पहिराले बेनी–दरबाङ सडक अवरुद्ध छ भने कुस्मा नगरपालिकामा गएको पहिराले बेनी–जोमसोम सडक अवरुद्ध छ ।


पर्वतको मुलढुङ्गा बेनी सडक र सिद्धार्थ राजमार्ग एकतर्फी रूपमा सञ्चालन छ । तनहुँको म्याम्दे गाउँपालिकामा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ । नवलपरासीपूर्वको कालीगण्डकी कोरिडोर र बागलुङको मध्यपहाडी लोकमार्ग पहिरोकै कारण पूर्णरुपमा अवरुद्ध छ ।


प्युठानको स्याउलीवा बाग्दुला र भालुवाङ दाङ प्युठान सडकखण्ड बाढी, पहिराका कारण अवरुद्ध छ । यसैगरी पाल्पाको सिद्धार्थ राजमार्ग, तम्घास–बुटवल सडक, कालीगण्डकी कोरिडोर एकतर्फी सञ्चालन भएको छ । गुल्मीको रिडी–बागलुङ सडकखण्ड, कालीगण्डकी कोरिडोर सडक, मदन भण्डारी राजमार्ग र अर्घाखाँचीस्थित गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड, पाल्पा अर्घाखाँची सडकखण्ड पनि अवरुद्ध छ । रोल्पाको सहिद राजमार्ग अवरुद्ध छ । दाङको घोराही–तुल्सीपुर सडकखण्ड एकतर्फी भएको छ ।


कालीकोटको कर्णाली राजमार्ग अवरुद्ध छ । अछामको साँफे–मार्तडी, बैतडीको जयपृथ्वी राजमार्ग र डडेलधुराको भिमदत्त राजमार्ग पूर्ण रूपमा अवरोध पुगेको छ । बैतडीको बझाङ–खोड्पे बैतडी सडकखण्ड र बाजुराको साँफे मार्तडी सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालन रहेको नेपाल प्रहरीले जनाएको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक