20080910

नयाँ नेपाल का नयाँ नेता प्रचन्ड को यो सैली पनि नयाँ नै होकी !!!


कसैको वाईसीएल, कसैको युथ फोर्स, कसैको अरू, राज्यको स्थिति के होला ??

काठमाडौं/ नेकपा (एमाले) का निवर्तमान महासचिव एवम् विदेश विभाग प्रमुख माधवकुमार नेपालले आŠनो पार्टी गठन गरेको युवा संगठन युथ फोर्सलगायत अन्य दलका यस प्रकृतिका संगठनहरू खारेज गर्नुपर्ने बताउनुभएको छ।

नेता नेपालले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा कानुन हातमा लिई काम गर्ने यस किसिमका संगठनहरू गैरकानुनी भएको धारणा राख्नुभयो।

ँकसैको वाईसीएल, कसैको युथ फोर्स, कसैको अरू नाममा दस्ता बनाउँदै जाने हो भने राज्यको स्थिति के होला -’ -नेपालले प्रश्न गर्नुभयो। उहाँले त्यस्ता फोर्सहरू बढाउनेभन्दा विघटन गर्नेतिर लाग्नुपर्छ भन्नुभयो।

नेकपा (माओवादी) ले अर्धसैनिक प्रकृतिको युवा संगठन -वाईसीएल) गठन गरेकोमा एमालेमा झलनाथ खनाल महासचिव बनेपछि त्यस्तै प्रकृतिको युथ फोर्स गठन गरिएको थियो। त्यसपछि हालै नेपाली कांग्रेसले तरुण दस्ता नामक युवा संगठन गठन गरेको छ।

नेपालले गृहमन्त्री वामदेव गौतमले सुरक्षास्थिति मजबुत बनाउन चाल्नुभएको कदमको प्रशंसा गर्दै आपराधिक कार्यमा संलग्न जोसुकै भए पनि छोड्नुहुँदैन भन्नुभयो।

नेपालले महाकाली सन्धि राष्ट्रघाती हो भन्ने माओवादीकै नेतृत्वमा सरकार बनेको र सरकारको नेतृत्व सोही पार्टी अध्यक्ष प्रचण्डले गर्नुभएकाले भारत भ्रमणका बेला त्यसबारे प्रस्ट पार्नुपर्ने बताउनुभएको छ।

नेता नेपालले हिजो बोल्दा त ठीकै भयो होला, अब कार्यान्वयन गर्ने ठाउँमा पुगेपछि प्रधानमन्त्री प्रचण्डले महाकाली सन्धिका बारेमा स्पष्ट हुनुपर्ने बताउनुभयो। राष्ट्रघाती हो भने परिवर्तन गर्नुपर्यो होइन भने विगतको बोली फेर्नु पर्यो’ -उहाँको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्ड मुलुकको नेतृत्व गरेर भारत भ्रमणमा जान लागे पनि कुनै तयारी नभएको आफूले सुनेको बताउँदै उहाँले सबैसँग परामर्श गरेर कुन विषय कहाँ पुगेको छ त्यसबारेमा अध्ययन गर्नसमेत सुझाव दिनुभयो।

सरकारको वार्षिक नीति तथा कार्यक्रम र्सार्वजनिक

राष्ट्रपति डा.रामवरण यादवले सरकारको वार्षिक नीति तथा कार्यक्रम र्सार्वजनिक गनुभएको छ । नीति तथा कार्यक्रममा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरिएको छ । तोकिएकै समयमा संविधान निर्माण गर्ने उल्लेख छ । ६ महिनाभित्र सेना समायोजनलाई प्राथमिकतामा राखिएको छ ।
नीति तथा कार्यक्रममा विधिको शासनलाई प्राथमिकता दिने, नयां सुरक्षा नीति बनाउने, संविधान निर्माणका लागि राष्ट्रिय सहमतिलाई आधार मान्ने, गरिबी निवारण, असमानता न्यूनीकरण गर्ने उद्येश्यका साथ बजेट निर्माण गर्नेलगायतका बुंदा छन् ।

भारत र चीनसंगको सम्बन्धलाई जोड दिई संयुक्तराष्ट्रसंघको बडापत्रमा आधारित रही पञ्चशीलको सिद्धान्तअनुरुपको विदेशनीति लिने, आउंदो दशकलाई आर्थिक क्रान्तिको दशक घोषणा गर्ने, तर्राईमा हुलाकी राजमार्ग र मध्यपहाडमा राजमार्ग बनाउने, काठमाडौंलाई तर्राईका जिल्लासंग जोड्न फास्ट ट्याक खोल्ने, स्थानीय निकायको संचालनका लागि राजनीति सहमति बनाउने, भुटानी शरणार्थीको स्वदेश र्फकन पाउने मागको र्समर्थन गर्नेलगायतका विषय समावेश छन् ।

देशका विभिन्न स्थानमा सशस्त्र गतिविधिमा संलग्नलाई शान्ति प्रक्रियामा ल्याउन वार्ताको पहल थालिने प्रतिवद्धता जनाइएको छ । उद्योगधन्दालाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइने, निजी तथा साझेदारी उद्योगलाई प्रोत्साहित गर्ने, पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने नीति तथा कार्यक्रममा उल्लेख छन् ।
सरकारमा सहभागी नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेको छ । २५ भदौमा राष्ट्रपति डा.रामवरण यादवले नीति तथा कार्यक्रम संविधानसभाको बैठकमा र्सार्वजनिक गरेपछि संचाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीले असन्तुष्टि पोखेका हुन् ।
नेपाल र ओलीले नीति तथा कार्यक्रम जनभावना अनुरुप हुननसको प्रतिक्रिया दिए । नेपालले कार्यान्वयन गर्ने भन्दा सस्ता कुरा गरिएको बताए । ओलीले जनतालाई भ्रमित पार्ने शब्दहरु पनि मिसाइएको आरोप लगाए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा आपत्तीजनक विषयहरु भएको भन्दै सदनमा कडा रुपमा प्रस्तुत हुने बताए । उनले भने,'असहमतिका यति धेरै विषय छन् कि भनेर साध्यै छैन ।' कांग्रेस उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य डा.रामशरण महतले नीति तथा कार्यक्रम सस्ता नारा जस्तो भएको बताए । जनयुद्ध शब्द उल्लेख गरिएकोमा पौडेलको आपत्ती थियो ।

मधेशी जनअधिकार फोरमका नेता रामजनम चौधरीले पनि असन्तुष्टि व्यक्त गरे ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमीले नीति तथा कार्यक्रमलाई ऐतिहासिक भनिन् । उनले जनताको भावनाको सम्बोधन भएको बताइन् । नेपाली जनताले इतिहासमा पहिलोपटक आफ्नो चाहनाअनुसारको कार्यक्रम पाएको उनको भनाई थियो ।

- cartun by rajesh kc

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक