20080915

वाईसीएलका कामकारबाही सही भएकोे प्रधानमन्त्रीको जिकिर

काठमाडौं, भदौ २९ - प्रधानमन्त्री दाहालले प्रतिपक्षको चर्को आलोचनाको प्रतिवाद गर्दै माओवादी संगठन वाईसीएलको बचाउ गरे । 'शान्ति सुरक्षाका लागि प्रहरीको एक्लो प्रयास पर्याप्त हु"दैन । वाईसीएल राजनीतिक प्रक्रियाको निकासका लागि गठन भएको मौलिक संस्था हो,' उनले भने ।

दाहालले 'शान्ति सुरक्षा कायम गर्ने कार्य राजनीतिक दल, तिनका भ्रातृ संगठन र नागरिकको सक्रियता नभएमा प्रहरी प्रशासनको एक्लो प्रयासबाट मात्र सम्भव नहुने' पनि बताए । विपक्षीले वाईसीएलजस्ता लडाकु संगठन नियन्त्रण गर्ने प्रतिबद्धता मागेका थिए । वाईसीएलका कमीकमजोरीप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतका सम्झौता र प्रतिबद्धता पूरा गर्न तत्पर रहेको बताए ।

आफ्नो नेतृत्वमा सरकार गठन हुनुअघि दाहालले १५ दिनभित्र वाईसीएलको अर्धसैन्य संरचना परिवर्तन गर्ने र कब्जामा रहेको घरसम्पत्ति फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए । 'विषय, रूप र कार्यान्वयनमा केही समस्या भए पनि छ । युवा शक्तिलाई नियन्त्रण गर्न खोजे समस्या सिर्जना हुने भएकाले उनीहरूलाई नया" नेपाल निर्माणमा उचित ढंगले परिचालन गर्नु आवश्यक रहेको उनले बताए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले 'वाईसीएलका गतिविधि नियन्त्रणको प्रतिबद्धता गर्नुको सट्टा अँैचित्य पुष्टि गर्न खोजिएको' मा आपत्ति जनाए । 'युवा परिचालनका लागि राष्ट्रको ढुकुटी सक्ने र पार्टर्ीीण गर्ने नीत्रि्रति हाम्रो घोर असहमति छ,' उनले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक