20080920

प्रधानमन्त्री अमेरिका


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको ६३ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ।
१० दिने अमेरिका भ्रमण क्रममा प्रधानमन्त्री प्रचण्डले ८ गते राष्ट्रसंघले आयोजना गर्ने सहस्राब्दी विकास लक्षको मध्यकालीन पुनरवलोकन कार्यक्रममा 'गरिबी र भोक' बिषयको गोलमेच बैठकमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस्तै ९ गते प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। साथै प्रधानमन्त्री प्रचण्डले महासभा बैठकका अबसरमा श्रीलङ्का, टर्की, स्विटजरल्यान्डका राष्ट्रपति, बङ्लादेशका प्रमुख सल्लाहकार र क्युबाका प्रथम उपराष्ट्रपति तथा अन्य मुलुकका प्रतिनिधिमण्डल का प्रमुखहरुसँग भेटघाट गर्नुुहुनेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुससँग सोमबार भेट गर्ने कार्यक्रम छ।
त्यसबाहेक प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय महासचिव बान कि मुनसँग पनि भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएकोछ।