20080919

२ खर्ब ३६ अर्बको बजेट


काठमाडौँ। नेकपा माओवादीको नेतत्वमा बनेको सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५–६६ को बजेट प्रस्तुत गर्नुभएको छ। उहाँले २ खर्ब ३६ अर्बको बजेट प्रस्तुत गर्नुभएको हो। सरकारले ल्याएको बजेटप्रति अर्थविद्हरूबाट मिश्रित प्रतिक्रिया आएको छ। आज प्रस्तुत बजेटमा साधारण खर्च भन्दा विकास खर्च १३ प्रतिशत बढी रहेको छ।
बजेट महत्त्वाकाङ्क्षी भएको नेपाली काङ्ग्रेसका सभासद् डा. नारायण खड्काले गर्नुभएको छ। बजेटमा राजनीतिकरण गर्न खोजिएको उहाँको टिप्पणी थियो। सस्तो लोकप्रियताका लागि आएको बजेटले अर्थतन्त्रलाई धान्न नसक्ने उहाँको धारणा थियो। जनआकाङ्क्षाविपरीत आएको बजेटले सर्वसाधारणलाई राहत दिन नसक्ने उहाँले बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक