20080919

नयाँ नेपालका नयाँ मन्त्रीको नयाँ काम : जनताको छैन बोल्ने ठाम


गणतान्त्रिक सरकारमा एक विवादास्पद राजनीतिक चर्चित पात्र बनेका छन्- भूमिसुधार तथा व्यवस्थामन्त्री मातृकाप्रसाद यादव । पछिल्लोपटक रामनगर, मिर्चैया- ३ सिरहामा आफ्नै नेतृत्वमा निजी घरजग्गा अतिक्रमण गरी विगतको विवादास्पद छविलाई निरन्तरता दिएपछि उनीमाथि अनेक खाले प्रश्नहरू ओइरिएका छन् । उनी सरकारमा रहेर विधिको शासन विपरीतका कामलाई निरन्तरता दि“दैछन् ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले निजी घरजग्गा अतिक्रमण गर्नेलाई हटाएको चौबीस घन्टा नबित्दै मन्त्री यादव पार्टर्ीी कार्यकर्तास“गै गएर अतिक्रमणकारीलाई पुनः त्यही स्थानमा राख्न सफल भए । मन्त्रीकै कारण सिरहा दिनहु“ तनावमा बा“चिरहेको छ । उनको यो क्रियाकलाप पहिलो होइन । गिरिजाप्रसाद कोइराला सरकारमा वनमन्त्री हु“दा लतिलपुरका स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई शौचालयमा थुने । उनले भने- 'पर्यावरण बिग्रिए के हुन्छ - गन्हाउनेे कोठामा बस्नुहोस् भनेको हु“ ।'र्

कर्मचारी शौचालयमा थुनिएको विरोधमा कर्मचारी संघ-संगठनहरू देशव्यापी रूपमा उत्रिए । ती संघ-संगठनले मन्त्रीलाई मानसिक रोग भएको आरोप लगाउ“दै उपचारका लागि देशभरबाट पैसा संकलन गरेर मन्त्रालयमा बुझाए । उनले माफी मागेनन् । आन्दोलनकारी नै थाके ।

यतिमात्र कहा“ हो र - राजधानी नजिकैको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित सैनिक गणमा बन्दी जीवन बिताउ“दाको अनुभव उनले बूढानीलकण्ठको एउटा रिसोर्टमा भइरहेको अन्तर्रर्ााटय सम्मेलनमा सुनाए । भाषण गर्दै भने- 'निकुञ्जको सुरक्षा गर्न बसेका सेनाले ब“देल र मृग मार्छन् । कर्र्णोल सापले पोका पारेर घर-घरमा पुर्‍याउ“छन् । त्यो सब म जेल बस्दा थाहा पाएको हु“ । मैले पनि त्यस्तो मासु खाएको हु“ ।'

यो भाषणका कारण गतवर्षवैशाख ५ गतेको मन्त्रिपरिषद बैठक अवरुद्ध भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बैठक सुरुलगत्तै मातृकाको भाषणप्रति आपत्ति जनाए । दर्ुइ जनाबीच चर्काचर्की भयो । कोइरालाले 'लोकतान्त्रिक मान्यताअनुरूप अर्को मन्त्रालयको कार्यक्षेत्रभित्र गएर र्सार्वजनिक भाषण नगर्न' निर्देशन दिनासाथ मातृकाले त्यसको प्रतिवाद गरे । यो घटनाले धेरै दिनसम्म मन्त्रिपरिषद बैठक भएन । यो पनि संसदीय लोकतन्त्रको इतिहासमा पहिलो घटना थियो ।

यसपछि सेनासम्बन्धी अर्को विवाद भयो । रौतहट सिरहाबीचमा भइरहेको वन फ“डानी नियन्त्रण गर्न आफ्नो निवासमा सुरक्षार्थ बसेका १८ सैनिक जवानलाई स“गै जान मातृकाले आग्रह गरे । ती जवानले सैनिक हेडक्वाटरको निर्देशनमा जान नमिल्ने जवाफ दिएपछि उनले जवानहरू बस्ने कोठामा ताल्चा लगाएर मन्त्री निवास छाडे । त्यतिबेला उनले भनेका थिए- 'तिमीहरूले राजा वीरेन्द्रलाई त सुरक्षा दिन सकेनौ, मलाई के दिन्थ्यौ । तिमीहरू मलाई चाहि“दैन ।'

त्यस्तै गैंडा मारेर खाग तस्करी गरेको आरोपमा सेनाका भगौडा जवानसहित केही व्यक्तिलाई वन मन्त्रालय नेतृत्वको टोलीले बर्दियामा पक्राउ गर्‍यो । अन्य व्यक्तिलाई निकुञ्ज प्रशासनले कारबाही गरेको भए तापनि सैनिक जवानलाई स्थानीय गणले आफ्नो नियन्त्रणमा राखेर कारबाही गरिरहेको थियो । ती व्यक्तिलाई केन्द्रमा झिकाएर कारबाही गर्न मातृकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालीन महानिर्देशक श्याम बजिमयलाई निर्देशन दिए । बजिमयले यो काम निकुञ्जको कार्यक्षेत्रभित्र नपर्ने र सेना आफैंले गर्ने सुझाव दिएपछि उनलाई तत्काल पदबाट हटाएर अर्को व्यक्तिलाई महानिर्देशक बनाए ।

संरक्षण सम्बन्धी ऐनले सेनाका जवान केन्द्रमा झिकाएर कारबाही गर्न मिल्दैन भन्ने जिकिर बजिमयको थियो । तत्काल र प्रभावकारी कारबाही हुनर्ुपर्छ भन्ने मानसिकताले मातृकाले उनीहरूलाई काठमाडौं झिकाएर बयान लिन लगाए । कर्मचारीतन्त्रको इतिहासमा अर्काे घटना रौतहटमा भयो । प्रमुखदेखि पियनसम्मका १ सय २४ जना कर्मचारी एकैदिन काज सरुवा भए । यति धेरै संख्यामा एउटै कार्यालयबाट काज सरुवा भएको त्यो घटना पहिलो हो ।

अनेक उट्पटयाङ कामका कारण बाहिरमात्र होइन, आफ्नै पार्टर्ीींक्तिबाट पनि यादवको आलोचना नभएको होइन । उनी कानुनी शासनविरुद्ध गलत काम 'जनताको हितमा' भन्दै फुत्कि“दै आएका छन् । तैपनि मन्त्री पदमा रहन सफल छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक