20080916

मन्त्री आफै जनता को सम्पत्ती कब्जा गर्न थाले पछी

११ विघा जग्गा मन्त्री यादवको नेतृत्वमा माओवादी हतियारधारी कार्यकर्ता र सुकुम्बासीले कब्जा

कहि नभएको जात्रा हाडिगाँउमा भने झै निजि जग्गा कब्जा गर्न भूमिसुधार तथा व्यवस्थामन्त्री मातृका यादव नै लागेका छन्। निजि जग्गा कब्जजा गर्नेलाई गृहमन्त्रीको निर्देशनमा सिरहाको रामनगर मिचैया–३ मा तिन सय प्रहरी खटाइएको भए पनि मन्त्री यादवकै नेतृतवमा घर जग्गा कब्जा गर्न थालेपछि सुरक्षाकर्मी समेत पाखा लागे।
वीरेन्द्र साहको १६ कोठे दुइतल्ले घर र अन्य ६७ जनाको ११ विघा जग्गा मन्त्री यादवको नेतृत्वमा माओवादी हतियारधारी कार्यकर्ता र सुकुम्बासीले कब्जा गरेका छन्। मन्त्री यादव सोमबार सरकारी सुरक्षाकर्मीलाई फकाएर हतियारसहितका माओवादी छापामा लिइ मिर्चैयामा विवादस्पद घरजग्गा कब्जााका लागि पुगेका थिए।
आइबार मात्र उपप्रधानमन्नत्री तथा गृहमन्त्री वामदेव गौत्मको निर्देशनमा जग्गामाथि नियन्त्रण जमाउनेलाई प्रहरीले हटाएको थियो। सोमबार त्यसको प्रतिकार गर्ने मन्त्री यादव आफै पुगेका थिए। उनी सोमबार बिहान १० बजे सभासदहरु महेन्द्र पासवान र जगत यादव, माओवादीका सिरहा इन्चार्ज दिलीप साहलगायबत कार्यकता लिएर घरजग्गा कब्जा गर्न पुगेका थिए। मन्त्री यादवकै कारण त्यस क्षेत्रमा तनाव हुने भए पछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा साँझ ८ बजे देखि बिहान ४ बजेसम्म कर्फ्यु समेत लगाएको थियो।
स्थानिय माछा व्यापारी विष्णदेव साहको निर्माणधिन घरसमेत माओवादी कार्यकर्ताले मन्त्रीको निर्देशनमा भत्काइदिएका छन्।
मिर्चैयाको हिमालय बोर्डिङका प्रिन्सिपल रामविलास यादवलाई विपक्षमा रहेर बसेको भन्दै माओवादी कार्यकर्ताले कुटपिट समेत गरेर त्यस क्षेत्रमा आतंक मच्चाएका थिए। त्यसैगरि मन्त्री यादवले बिष्णुदेवका १७ बर्षिय छोरालाई कट्न झम्टिएपछि माओवादी कार्यकर्ताले रोकको प्रत्यक्षदशीले बताए। शान्ति सुरक्षा र सुव्यवस्थाका लागि चुनिएका मन्त्रीबाट नै जनता असुरक्षीत भएपछि त्यस क्षेत्रका जनता निरिह भएका छन्।
मन्त्रीले पत्रकार सम्मेलन गरेर यो जग्गा विवादमा प्रधानमन्त्रीले दखल दिएमा आफूले राजीनमा दिने धम्की समेत दिएका थिए। कतिपयले 'मन्त्री बौलायो' भनेर प्रतिक्रिया दिएका थिए। पूर्व राजा ज्ञानेन्द्रकी बहिनि शोभा शाही र बहिनि ज्वाई मोहन शाहीसँग वीरन्द्र साहले खरिग गरेको उक्त घरजग्गा कब्जा गरिएको विरोधमा विगत १३ दिनदेखि मधेसी जनअधिकार फोरमले जग्गा फिर्ता गराउने आन्दोलन गरेपछि झडपसमेत भएको थियो। फोरमले अझै पनि आन्दोलन नछोडन बताएको छ।
मन्त्री यादवलाई कारबाही माग
भूमिसुधार मन्त्री मातृका यादवको अगुवाइमा सिरहाको मिर्चैयामा निजी सम्पत्ति कब्जा गरेकोप्रति सत्तारूढ दल एमाले र प्रमुख विपक्षी कांग्रेसले कडा आपत्ति जनाएका छन् । कानुन हातमा लिएर विधिको शासनको उपहास गरेको भन्दै उनीहरूले मन्त्री यादवलाई कारबाही गर्न सरकार र माओवादीस“ग माग गरेका छन् ।
दुवै दलले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी मन्त्री यादवको उदण्डताले लोकतान्त्रिक मूल्य मान्यताप्रति सरकारले व्यक्त गरेको प्रतिबद्धता, नागरिक स्वतन्त्रता र शान्ति सुरक्षामा धक्का लागेको टिप्पणी गरेका छन् । स्थानीय वीरेन्द्र साहको जग्गा कब्जा गरी छाप्रो हाल्नेलाई गृह प्रशासनले हटाएलगत्तै हतियारधारी कार्यकर्तासहित सोमबार त्यहा“ पुगेका यादवले घरसम्पत्ति कब्जा गरेका थिए ।

मन्त्रीकै नेतृत्वमा घर भत्काउने र कब्जा गर्ने काम सुरु भएपछि त्यहा“ तैनाथ तीन सय प्रहरी कुनै कारबाही नगरी फर्किएका थिए । एक जना नागरिकले समेत गर्न नहुने र नमिल्ने क्रियाकलाप मन्त्री यादवबाट भएको उल्लेख गर्दै एमालेले दोषीमाथि कडा कारबाहीको माग गरेको

छ । समस्याको विधिसम्मत समाधान नखोजी कानुन हातमा लिने, राज्य संयन्त्र र कानुनी उपचारका सरकारी प्रयासको बर्खिलाप काम गर्ने जोसुकैमाथि सरकार र सम्बन्धित दलले कडा कारबाही गर्नुपनर्ेर्ेेमालेले बताएको छ ।

सुकुम्बासी र भूमिहीनका समस्याको कानुनसम्मत समाधान हुनुपर्ने एमालेको विज्ञप्तिमा छ । 'संविधान र कानुनको पालना गर्ने/गराउने शपथ लिएका मन्त्रीले उदण्डतापर्ूवक नागरिकको घरजग्गा कब्जा गर्नु अत्यन्तै गैरजिम्मेवार र निन्दनीय हर्कत हो,' एमालेले भनेको छ- 'शान्तिसुरक्षा, अमनचयन र नागरिकको जीउधनको सुरक्षा गर्न लाग्नुपर्नेमा उल्टै आफ्नो सशस्त्र जत्था प्रयोग गरी वाईसीएलको उदण्डतालाई समेत बिर्सर्ाा संविधान, कानुन, पटक-पटकका सम्झौता र माओवादी नेतृत्व स्वयंले गरेको प्रतिबद्धताविपरीत मन्त्री यादवको रबैयाले कानुनी शासनकै खिल्ली उडाएको छ ।'

कांग्रेसले घटनाको छानबिन र कारबाहीको माग गरेको छ । मिर्चैया घटनाले लोकतान्त्रिक पद्धति, शान्ति प्रक्रिया र विधिको शासनकै खिल्ली उडाएको उसको ठहर छ । 'विधिको शासन, शान्तिसुरक्षा र जनताको निजी सम्पत्ति र स्वतन्त्रताको संरक्षकका रूपमा रहनुपर्ने मन्त्रीबाट कानुन तोड्ने, शान्तिसुरक्षालाई चुनौती दिने र शिविरमा रहेका लडाकु समेतबाट हतियार पर््रदर्शन गर्ने काम अत्यन्त निन्दनीय, अराजक र उदण्डताको नमुना हो,' कांग्रेसको विज्ञप्तिमा छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक