20080915

नेपाल र भारत बिच २२ वुँदे सहमति

प्रचन्ड यसरी झूके भारत मा # चाइना गएर चाइना सँग , अहिले भारत गएर फेरी भारत सँग त्वाम् स्वरणम गरेर प्रचन्डले आफ्नो हैसियत राम्ररी देखाइ सकेका छन । बि बि सि हिन्दी को यो समाचार हेर्दा त् झन भारत समु प्रचन्ड कसरी लल्याक्लुलुक् भये बुझ्न सजिलो हुन्न र ??? भारत के साथ अतुलनीय रिश्ता: प्रचंड प्रचंड ने प्रधानमंत्री मनमोहन सिंह से मुलाक़ात की नेपाल के प्रधानमंत्री पुष्प कुमार दहल यानी प्रचंड ने कहा है कि भारत के साथ संबंध उनके लिए काफ़ी अहमियत रखते हैं और चीन के साथ इसकी तुलना नहीं की जा सकती. उन्होंने इस बात से इनकार किया कि नेपाल का ध्यान चीन की ओर ज़्यादा है. लेकिन प्रचंड ने यह भी स्पष्ट किया कि उनका देश चीन के साथ भी संबंध बढ़ाना चाहता है. सोमवार को प्रचंड ने भारत के प्रधानमंत्री मनमोहन सिंह से मुलाक़ात की है. पाँच दिनों की भारत यात्रा पर प्रचंड रविवार को दिल्ली पहुँचे थे. प्रधानमंत्री मनमोहन सिंह के अलावा प्रचंड ने राष्ट्रपति प्रतिभा पाटिल और विपक्ष के नेता लालकृष्ण आडवाणी से भी मुलाक़ात की. सुरक्षा प्रचंड ने एक कार्यक्रम में भारतीय उद्योगपतियों को भी संबोधित किया. उन्होंने कहा कि नेपाल में भारतीय निवेशकों को पूरी सुरक्षा दी जाएगी. हालाँकि उन्होंने यह भी स्पष्ट किया कि सुरक्षा के मामले पर भारत से विचार-विमर्श की आवश्यकता है. उन्होंने कहा, "सांस्कृतिक, भौगोलिक और ऐतिहासिक रिश्तों को देखते हुए भारत के साथ संबंध काफ़ी अहमियत रखता है. लेकिन वे चीन के साथ भी संबंधों में बेहतरी चाहते हैं." बीजिंग ओलंपिक के समय प्रचंड चीन दौरे पर गए थे. लेकिन प्रचंड ने स्पष्ट किया कि भारत दौरा ही प्रधानमंत्री बनने के बाद उनका पहला आधिकारिक दौरा है. हालाँकि उन्होंने बीजिंग जाने पर चीन के नेताओं से मुलाक़ात की थी. दिल्ली में एक कार्यक्रम में भारतीय उद्योगपतियों को संबोधित करते हुए प्रचंड ने उन्हें नेपाल में निवेश करने का न्यौता भी दिया. भ्रमण सफल भयोः प्रधानमन्त्री प्रचण्ड १६ सेप्टेम्बर, ०८ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो जारी भारत भ्रमण अन्यन्त सफल रहेको बताउनु भएको छ । उहांले भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको पनि बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड रहनुभएको नयांदिल्लीस्थित ताज होटलमा आज बिहान भारतीय वरिष्ठ पत्रकारहरुसितको अन्तरक्रियामा उहांले भन्नुभयो -भ्रमणमा के कसो होला भन्ने सोचेको थिएँ हिजो बेलुकी भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसंगको भेटघाटपछि म पूर्ण रूपले सन्तुष्ट भएको छु । प्रधानमन्त्री प्रचण्डले उक्त भेटका क्रममा सन् १९५० को सन्धि, खुला सिमाना, दुई देशबीचको सुरक्षा मामिलाका साथै जलविद्युतका क्षेत्रमा हुने ठूला लगानीका विषयमा समेत गम्भीर कुराकानी भएको र यस्तै सबैजसो मुद्दामा छलफल भएको बताउनुभयो । सन् १९५० को शान्ति तथा मैत्री सन्धि तात्कालीन विशिष्ट परिस्थितिमा भएको तर अहिले नेपाल र भारतका जनताको चेतनास्तर निक्कै उच्चस्थानमा पुग्नुका साथै एक्काइसौं शताब्दीको सामयिक विकाससमेत अगाडि बढिसकेकाले सन्धिका विविध पक्षको पुनःमूल्याङ्कन गर्नुपर्ने बेला आएकोतर्फ दुवै देश सहमत भएको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-- त्यो सन्धि राणा शासनका समयमा भयो, र अहिले हामी २१ औं शताब्दीमा प्रवेश गरिसकेको छौं त्यसैले सन्धिका विषयमा यस्तो नयाँ समझदारीको आवश्यकता छ जसले अहिलेको समय र जनताको चाहना एवम् चेतनास्तरलाई सफलरूपले सम्बोधन गर्न सकोस् । साथै उहांले उक्त सन्धिलगायतका विषयमा भारत एवम् नेपाललाई मात्र एक पक्षीय ढङ्गले फाइदा वा बेफाइदा पुगेको छ भनेर निरपेक्ष ढङ्गले विश्लेषण गर्नुको सट्टा नवसिर्जित आशङ्कालाई समेत निराकरण गर्न भारतीय नेता एवम् बुद्धिजीवीहरुसित निरन्तर परामर्श जारी राखेको र यसले संयुक्त कार्यदल बनाउने सहमति भएको बताउनुभयो । भाषा, संस्कृति, भूगोल, इतिहासलगायतका कैयौं विषयका कारण नेपालको भारतसंग विशिष्ट सम्बन्ध रहिआएको तर्फ दुवै देशका सरकार एवम् जनता जानकार रहेको स्पष्ट गर्दै प्रधानमन्त्री प्रचण्डले सदियांदेखि दुई देशबीच प्रगाढ रहंदै आएको सम्बन्धलाई आगामी दिनमा अझ अरु उचाइ प्रदान गर्न सामूहिक प्रयासको खांचो औंल्याउनुभयो । नेपाल गणतान्त्रिक राज्यअवस्थामा प्रवेश गरिसकेपछि नयां आशा, अपेक्षा र एजेन्डाका साथ राष्ट्रिय पुनःसंरचनाका लागि आर्थिक क्रान्तिको कार्यक्रममार्फत जुटिसकेको बताउदै उहाले देशमा दिगो शान्ति र उच्च आर्थिक विकासका लागि भारतलगायत अन्य विदेशी समुदायको सहयोगको निरन्तरताको अपेक्षा गरेको स्पष्ट गर्नुभयो । शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि नेपालले आफ्नै नमुनाको विकास गरिरहेको र देशले छिट्टै नै शान्ति र सम्वृद्धिको मार्ग पहिंल्याउने उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालमा विकसित राजनीतिक घटनाक्रमको असर भारतलगायतका अरु छिमेकी मुलुकमा पनि पर्ने हुदा उच्च आर्थिक वृद्धिदर भएका भारत र चीनजस्ता छिमेकीको सहयोगको नेपालले निरन्तर अपेक्षा गर्नु स्वाभाविकै हो भन्नुभयो । जनताले चुनावमा देखाएको अद्वितीय सहभागिताले पनि नेपाली जनता देशका पुनःसंरचनाका विषयमा आतुर रहेको प्रतिक्रिया दिदै उहाले नेपालीकै हातले बनाउने नया नेपाल अब धेरै टाढा छैन भन्नुभयो । भारतीय माओवादी र नेकपा -माओवादी)सितको सम्बन्धका विषयमा भारतीय पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले एक जमानामा उनीहरुसंग सैद्धान्तिक सहमति रहेको भए तापनि नेकपा -माओवादी) समय र जनताको चाहनाको बाटोमा लागिसकेको र अब बहुदलीय प्रतिस्पर्धात्मक शासनप्रणालीप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । दुई देशबीचको सुरक्षाजस्तो सम्वेदनशील विषयमा नेपाल गम्भीर रहेको उल्लेख गर्दै नेपाललाई कुनै पनि छिमेकी देशका अहित हुने थलोका रूपमा कदापि विकसित हुन नदिइनेतर्फ आफूहरु अत्यन्त सचेत रहेको र यदि त्यस्ता गतिविधिका प्रयास भएमा कठोर कदम चाल्न समेतपछि नपर्ने प्रतिबद्धता पनि उहााले व्यक्त गर्नुभयो । दक्षिण एसियामा आतङ्कवाद एवम् द्वन्द्वका आ-आफ्नै समस्याहरु रहेकाले तिनको समाधानका लागि सामूहिक सहकार्यलाई यस क्षेत्रका सबै देशले कदापि बिर्सन नहुनेमा प्रधानमन्त्रीले जोड दिनुभयो । अन्तरक्रियाका क्रममा भारतीय पत्रकारहरुले दुई देशबीचको सीमा सम्बन्ध, १९५० को सन्धि, खुला सिमाना, नेकपा (माओवादी) र भारतीय माओवादीबीचको सम्बन्ध, नेपालका जनसेनालाई राष्ट्रिय सेनामा समायोजन, नेपाल सरकारका आगामी कार्यक्रमलगायतका विषयमा प्रधानमन्त्री प्रचण्डसित जिज्ञासा राखेका थिए । नेपाल र भारत सरकारबीच भएको २२ वुँदे सहमति सार्वजनिक सन् १९५० को असमान सन्धि पुनरावलोकन गर्ने लगायतका नेपाल र भारत सरकारवीच भएको २२ वुँदे सहमति बुधबार सार्वजनिक गरिएको छ। सहमति अनुसार १९५० को सन्धि पुनरावलोकन, नवीकरण र समायोजन गर्न परराष्ट्र सचिवस्तरीय एक कार्यदल वनाईने भएको छ। सहमतिमा कोशी वाँध पीडितको राहत एवं राजमार्ग मर्मतका लागि भारतले ३२ करोड दिने घोषणा गरेको छ। भारतले कोशीले काटेको पूर्व–पश्चिम राजमार्ग पनि पुननिर्माण गरीदिने भएको छ। त्यसैगरी नेपालको शान्ति प्रकृया र विकास निर्माण, सडक, रेल मार्ग, हाईड्रो पावर, शिक्षा, श्वास्थ्य र सामाजिक विकासमा निरन्तर सहयोग जारी राख्ने भारतले जनाएको छ। भारतले नेपालमा पेट्रोलियम पदार्थको आपुर्तिका लागि ३ महिनाको लागि एक सय ५० करोड ऋण सहयोग उपलव्ध गराउने भएको छ। भारतले प्युठानस्थित राप्ती नदीमा नौमुले जलविद्युत निमार्णमा पनि सहयोग गर्ने भएको छ। भारत र नेपालवीच जलविद्युत विकासका लागि मन्त्री स्तरीय, सचिव स्तरीय र प्राविधिक स्तरीय गरी ३ छुट्टा छुट्टै समिति गठन गर्न पनि दुवै देश सहमत भएका छन्। प्रधानमन्त्री प्रचण्डले नेपालको औपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री डा मनमोहन सिहलाई दिनु भएको निम्तो सिंहले स्वीकार्नुभएको छ। भ्रमणको मिति भने आपसी छलफलबाट टुङ्गो लगाईने पनि सहमति भएको छ। यसैबीच, बुधबार प्रधानमन्त्री प्रचण्ड सुचना प्रविधि केन्द्रको रुपमा मानिएको भारतको प्रशिद्ध शहर वेङलोर पुग्नु भएको छ। बैङ्गलोरमा प्रधानमन्त्री दाहालले कर्नाटकका मुख्यमन्त्रीसँग भेटवार्ता गर्नुका साथै भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान, भारतीय विज्ञान संस्थान तथा सूचना प्रविधि संस्था इन्फोसिस र विकोनको अध्ययन अवलोकन गर्नुभएको छ। प्रधानमन्त्रीका साथ वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो र जलस्रोतमन्त्री विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक