20080924

हात्ती चले बजार, कुत्ता भुके हजार : मेरो स्वभाव बदलिदैन — मातृका यादव

*पार्टीले आत्मालोचना गर्न निर्देशन दिए पनि तपाईंले त उल्टै मन्त्रीपदबाटै राजीनामा दिनु भो नि?
–पार्टीले मलाई कारबाहीका लागि निर्देशन दिएको थाहा छैन। तर, सत्य के हो भने मलाई अध्यक्ष ले बोलाएर आत्मालोचना गर्न सल्लाह दिनुभएको हो।
*तर, सल्लाह मान्नुभएन?
– मैले पनि उहाँलाई सल्लाह दिएँ कि म राजीनामा दिन्छु। त्यसैले राजीनामा दिएँ।
*मन्त्री छँदा पनि तपाईंको स्वभावमा परिवर्तन आएन भन्छन् नि?
– हो। मैले सिराहामा जे गरे, जनताको पक्षमा गरे । तर मेरोबारेमा कसले के भन्छ, मलाई थाहा छैन र चासो पनि छैन। भन्छन् नि– हात्ती चले बजार, कुत्ता भुके हजार । मलाई मतलब छैन। मान्छेहरू अत्याचार सहेर बस्छन्। म त्यसरी बस्न सक्दिनँ। कतिपय अन्यायको विरुद्ध नबोलीकन शालीन बन्न खोज्छन्, मेरो त्यस्तो दोहोरो स्वभाव छैन। मातृका यादवको स्वभाव एउटै छ। त्यसकारण मेरो स्वभाव बदलिँदैन। तपाईं पार्टीभित्र असन्तुष्ट हुनुहुन्छ हो?
– म किन असन्तुष्ट हुनु? म खुसी छु। जनताको पक्षमा काम गर्दा मन्त्रीपद छाडे। असन्तुष्ट होइन, मलाई त बडो आनन्द छ। बाँकी कुरा म पार्टीको बैठकमा राख्नेछु। तर, बुझ्नुस्, मैले जे गरेँ ठीक गरेँ । मेरो विश्वास छ– केही दिनभित्रै बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले मेरो कदमलाई सही ठहर्‍याउनेछ।
तपाईंको पक्षमा निर्णय भएन भने नि?
– मलाई त्यस्तो लाग्दैन। मैले जनताको पक्ष रोजेँ । पार्टीले पनि अहिलेसम्म जनताको पक्षमा निर्णय गर्दै आएको छ। बाँकी कुरा त पार्टीको बैठकपछि न थाहा हुन्छ। तर, मैले प्रधानमन्त्रीज्यूलाई भेटेर आफ्नो कुरा राख्नेछु निकट भविष्यमा।
तपाईंको स्वास्थ्यमा समस्या छ कि छैन?
– मेरो पहिलेदेखि नै समस्या थियो। र, अहिले पनि मेरो स्वास्थ्यमा समस्या छ। प्रेसर डाउन हुने, बोल्नै नसकिने, नसासम्बन्धी, ग्यास्ट्रिक, किड्नीको समस्या छ मलाई। तर, अहिले त धेरै कम भइसक्यो नि।
— घवि

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक