20080925

साबधान अमेरिका बस्नेहरू: नेपालमा यस्तोपनि हुन्छ

जग्गाधनी अमेरिकामा : तीन करोड ३५ लाखमा जग्गा बिक्री काठमाडौंमा !!??
काठमाडौं,मालपोत कार्यालय चाबहिलका कर्मचारीले अमेरिकामा बस्ने व्यक्तिको काठमाडौं महानगरपालिका-७ बौद्धको सात रोपनी आठ आना जग्गा बिक्री गराएको सार्वजनिक भएको छ । मैत्रीरत्न शाक्यको नाममा रहेको सो जग्गा गत ९ जेठमा कर्मचारीहरूले नक्कली जग्गाधनी बनाई पास गरिदिएका थिए । मालपोत कार्यालयमा बिहीबार मात्रै यस विषयमा चर्चा भएपछि जग्गा किन्ने तथा त्यसको दलाली गर्नेहरूलाई प्रहरीले पक्राउ गरेर वडाप्रहरी कार्यालय गौशालामा राखेको छ । मालपोत कार्यालय स्रोतका अनुसार कित्ता नम्बर ८३ र ७९ रहेको सो जग्गाको सिट नम्बर १०२८/२० हो ।

जग्गाधनी शाक्य अमेरिकामा छन्, तर उनको नाममा जग्गा बिक्री भएको छ । मनोज भेटवाल र प्रकाश अधिकारीले सो जग्गा तीन करोड ३५ लाखमा किनेका थिए । नक्कली जग्गाधनीको नाममा कागज मिलाउने काममा विनोद कोइराला, रामचन्द्र केसी, विनोद गेलाल संलग्न रहेको मालपोत कार्यालय स्रोतले जनाएको छ । खरिदकर्ताले युनाइटेड लिजिङ फाइनान्सबाट ऋण लिएर जग्गा किनेका थिए । बैंकमा ऋण मिलाउने काममा शिव श्रेष्ठ नामका व्यक्तिले मध्यस्थ गरेको पनि समाचार स्रोतले बताएको छ ।

बिहीबार माओवादीको ४ नम्बर एरियाको पहलमा जग्गा खरिद गर्ने मनोज भेटवाल, प्रकाश अधिकारी तथा घटनाका योजनाकार मानिएका शिव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । खरिदकर्तामध्येका भेटवालले भने जग्गाधनीबिना नै जग्गा खरिद भएको स्विकारे । 'जग्गाधनी को हुन्, थाहा भएन,' उनले भने, 'नागरिकता, फोटो, सबै कागजात मिल्छ । तर, जग्गा कसरी किर्ते भयो, बुझ्न सकिएको छैन ।' यस विषयमा मालपोत कार्यालय चाबहिलका प्रमुख रूपनारायण भट्टराईसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
आहा यस्तोपो घर : चाइनामा बनाइयेको यो घर संसारकै नमुना हो

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक