20080915

नेपाल : गधालाइ ज्ञापन, गोरुलाइ उजुरी

गधालाइ ज्ञापन, गोरुलाइ उजुरी
संचारगृहमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको भन्दै स्थानीय प्रहरी प्रशासनको विरोधमा पर्सेली संचारकर्मीहरुले गधालाई ज्ञापन र गोरुलाई उजुरी दिएका छन् ।
२९ भदौमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपालले वीरगंज घण्टाघरमा गधालाई ज्ञापन पत्र दिए भने केन्द्रीय सदस्य महेश दासले गोरुलाई जाहेरी दिए । संचारकर्मीको सुरक्षाको ग्यारेण्टी र दोषीमाथि कारवाहीको विरोधमा गत १५ गतेदेखि महासंघको अगुवाईमा यहांका संचारकर्मी चरणबद्ध आन्दोलनमा उत्रिए छन् ।

सो कार्यक्रममा केन्द्रीय सदस्य दासले संचारगृहमाथि आक्रमण गर्नेलाई कारबाही नगरेसम्म आन्दोलनलाई निरन्तरता प्रदान गर्ने बताए । त्यसैगरी भदौ ३० गते सम्पादकीय खाली राखी नारा मात्र लेख्ने, ३१ गते विरोध जुलुस निकाल्ने, असोज १ गते प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन बुझाउने र २ गते अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पत्रकार महासंघ पर्साका सभापति शत्रुघ्न नेपालले जानकारी दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक