20080915

सत्तारूढ दलका कार्यकर्ताबीच झडप एक जनाको मृत्यु

'बरु आफू त्यहीं गएर झुन्डिने तर सम्पत्ति फिर्ता नगर्ने'

ताप्लेजुङ/लहान, भदौ २९ - सत्तारूढ दलका कार्यकर्ताबीच झडप र विवादले आइतबार ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ भने सिरहा तनावग्रस्त बनेको छ । तीन दिनअघिको यस्तै झडपले तनावग्रस्त रामेछापमा कफर््र्यु जारी छ ।

ताप्लेजुङमा एमालेस"गको झडपमा माओवादी जिल्ला कमिटी सदस्य लक्ष्मी बेनमको घटनास्थलमै मृत्यु भएको छ । सिरहामा मधेसी जनअधिकार फोरमका एक नेताको घरजग्गा कब्जाको विषयलाई लिएर माओवादी र प्रहरीबीच झडप भएको छ ।

ताप्लेजुङ सदरमुकामभन्दा ८ कोस पश्चिमको ढुंगेसा"घु गाविस-२ तेल्लाबुङको घटनामा एमालेले नियोजित रूपमा आफ्ना कार्यकर्ताको हत्या गरेको माओवादी जिल्ला सचिव सुमन लिम्बूले बताए । एमाले जिल्ला सचिव तिलकुमार मेन्याङ्बोले भने पार्टर्ीीे आठौं जिल्ला अधिवेशन सकेर फर्किरहेका आफ्ना कार्यकर्ता र माओवादी कार्यकर्ता बाटोमा भनाभन हु"दा घटना भएको बताए ।

माओवादीले भदौ १२ गते सोही स्थानमा बाटो ढुकेर एमालेका राजन थाक्लुङ, राम सुवेदीलगायतलाई मरणासन्न हुने गरी कुटेका

थिए । त्यही विषयलाई लिएर दुवै पक्षबीच आइतबार विवाद भएको मेन्याङ्बोले बताए ।

प्रमुख जिल्ला अधिकारी फणीन्द्र पोख्रेलले प्रहरी टोली त्यसतर्फगइसकेको जानकारी दिए । 'अहिले यो नै हो भन्ने अवस्था छैन, अनुसन्धानपछि थप खुल्नेछ,' उनले भने ।

त्यस्तै, सिरहाको रामनगर मिर्चैयामा भएको झडपमा डीएसपीसहित केही प्रहरी, १२ भन्दा बढी माओवादी कार्यकर्ता र दलित सुकुम्बासी परिवार घाइते भएका छन् । डीएसपी सहकुल थापाको कमान्डमा रहेको टोली र माओवादी सिरहाका संयोजक दिलीप साहको समूहबीच सा"झ साढे सात बजे झडप भएको थियो । माओवादी कार्यकर्ताले कब्जा गरेको रामनगर मिचैया-३ स्थित घरजग्गामा गरिब दलितहरूले बनाएको छाप्रो प्रहरीले भत्काएर नियन्त्रणमा लिएपछि घटना भएको हो ।

जिल्ला प्रहरीका अनुसार डीएसपी थापाको हात भा"चिएको छ । कब्जामा लिएको घरजग्गामा छाप्रो बनाएर बसेका महेन्द्र सदायको टाउकामा गहिरो चोट लागेको छ । प्रहरीले माओवादी जिल्ला संयोजक साह, घाइते सदाय र औरहीका रवीन्द्र यादवलाई पक्राउ गरेको छ ।

माओवादीले कब्जामा लिएको जग्गामध्ये करिब ७ बिघामा पा"च सय गरिब दलितले छाप्रो बनाएका थिए । डीएसपी थापाको नेतृत्वमा बस्ती हटाउन २ सय ५० जना जनपद र सशस्त्र प्रहरीको टोली कब्जा गरेको स्थलमा पुगेको थियो ।

झडपपछि मिर्चैया क्षेत्र तनावग्रस्त छ । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले मिर्चैयालगायत सिरहाको पर्ूवको बलानदेखि पश्चिममा बन्दीपुरसम्मको क्षेत्रमा राति साढे सात बजेदेखि बिहान ४ बजेसम्म कफर््र्यु लगाएको छ ।

माओवादीले रामनगर मिर्चैया-३ स्थित चोकमै रहेको एक बिघा ८ कट्टा क्षेत्रफलको १६ कोठे पक्की भवनलाई भदौ १३ गते धर्मशाला बनाउने घोषणा गर्नुका साथै र सात बिघा जग्गा दलितलाई बा"डेको थियो । त्यसलाई मधेसी जनअधिकार फोरमका कार्यकर्ताले शान्ति सम्झौता र सरकार गठनमा भएको सम्झौताविपरीत र्सवसाधारणको जग्गा कब्जाको विरोध गर्दै ११ दिनदेखि सिरहामा अनिश्चितकालीन सडकजाम गर्दै आएका थिए ।

बल प्रयोगको सहमति

यसैबीच प्रधानमन्त्रीको भारत भ्रमणअघि मन्त्रीहरूबीच सिरहा समस्या टुंगो लगाउने विषयमा विशेष छलफल भएको थियो ।

सिरहामा माओवादी कार्यकर्ताले कब्जा गरेको घरजग्गा आइतबार मध्याह्न १२ बजेसम्म फिर्ता गर्न लगाउने, नसके बल प्रयोग गर्ने सहमति भएको सहभागी स्रोतले कान्तिपुरलाई बतायो ।

त्यसको जानकारी पाएपछि माओवादी मन्त्री मातृका यादवले तत्कालै प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी असहमति जनाएका थिए । यादवको र्समर्थनमा माओवादी कार्यकर्ताले फोरमका कार्यकर्ताको घरजग्गा कब्जा गर्दै आएका छन् । बल प्रयोग गर्ने निर्ण्र्ााो विपक्ष्ँमा उभि"दै मन्त्री यादवले 'बरु आफू त्यहीं गएर झुन्डिने तर सम्पत्ति फिर्ता नगर्ने' अडान राखेको स्रोतले जानकारी दियो । सरकारी निर्ण्र्ााो विपक्ष्ँमा उभिएका यादव प्रधानमन्त्री दाहालको भारत भ्रमण बिदाइमा विमानस्थलमा समेत अनुपस्थित भए ।

नीति-कार्यक्रम पारितसरकारको वाषिर्क नीति तथा कार्यक्रम आइतबार पारित

भएको छ । राष्ट्रपति रामवरण यादवले भदौ २५ मा सदनमा पेस गरेको नीति तथा कार्यक्रम व्यवस्थापिका संसद्को हैसियतमा बसेको संविधानसभा बैठकको बहुमतबाट पारित भएको हो । सदनले नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपतिलाई धन्यवाद दिएको छ । प्रस्तावको पक्षमा सत्तारूढ ६ दल र विपक्षमा कांग्रेस, तमलोपा र अन्य साना दल छन्् । साना दलहरूले 'आफ््नो सुझाव सरकारको कार्यक्रममा नसमेटिएको' मा असन्तुष्टि जनाए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक