20081008

कांग्रेसलाई एक बनाएर मात्रै गिरिजा बिदा हुने रे

विराटनगर,पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले जनगणतन्त्र ल्याएर देखाउन माओवादीलाई चुनौती दिएका छन् । बोलेर मात्र जनगणतन्त्र नआउने बताउँदै कोइरालाले माओवादीलाई भने, 'कि बोल्दै नबोल्नुस्, बोलेपछि पुर्‍याएर छाड्नुस् ।' आफ्नो गृहनगर विराटनगरमा आइतबार आयोजित विशेष सम्बोधन सभामा बोल्दै उनले माओवादी लोकतन्त्र र कांग्रेसलाई समाप्त पार्ने अभियानमा लागेको आरोप लगाए । उनले ०१७ सालमा राजाले कांग्रेस र प्रजातन्त्र समाप्त पार्न खोजेजस्तै अहिले माओवादीले गर्न खोजेको दाबी गरे । कोइरालाले भने, 'पहिले एउटा शक्तिले कांग्रेस समाप्त गर्न खोजेको थियो, अहिले अर्को शक्तिले खोज्दै छ तर म त्यसो हुन दिन्न ।' पूर्वप्रधानमन्त्री कोइरालाले कांग्रेसको इतिहासलाई मेट्ने प्रयास भए पनि त्यसलाई असफल पार्ने दृढता व्यक्त गरे । कार्यकर्तालाई उनले भने, 'अब इतिहास जोगाउन एक हुनुपर्छ ।' उनले कांग्रेसभित्र देखिएको गुटबन्दीले आफूलाई चिन्तित बनाएको उल्लेख गर्दै कांग्रेसलाई एक बनाएर मात्रै आफू बिदा हुने बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक