20081016

माओवादी सेनालाई नेपाली सेनामा संयोजन गरिए आत्मघाती हुने


माओवादी सेनाको समायोजनका बारे दल र नेता पिच्छे फरक, फरक विचार आएका छन्। व्याख्या सबैको आआफ्नै भएकाले जटिलता बढ्दै गएको छ। राष्ट्रसंघद्वारा प्रमाणित १९,००० माओवादी सेनाको समायोजन कसरी गर्ने कुरा भन्ने कुरामा दलहरुबीच गंभीर मतभेद छ। परराष्ट्र मन्त्री उपेन्द्र यादवले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने पक्षमा उनी स्वयं नरहेको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिएको बताएका थिए। यही बेला संयुक्त सरकारको तेस्रो ठूलो दल मधेशी जनअधिकार फोरमका अध्यक्षसमेत रहेका परराष्ट्र मन्त्री यादवको भनाइले ल्याएको तरंग सेलाउन नपाउँदै सत्ताधारी नेकपा (माओवादी) को सेनाका कमाण्डर नन्दकिशोर पुन ‘पासाङ्ग’ले विवादास्पद बन्दै गएको सेना समायोजनको विषयमा सरकारकै एकजना वरिष्ठ मन्त्रीले व्यक्त गरेको भनाइको खण्डन गरेका छन्। प्रचण्डले आफु प्रधानमन्त्री भएलगत्तै माओवादी सेनाको सर्वोच्च कमाण्डरको पद त्याग गरेपछि पासाङ्ग कमाण्डर नियुक्त भएका थिए। उनले भने, “शान्ति संझौता र समझदारीहरुमा राज्य र सेनाको पुनर्संरचना गर्ने भनिएको छ। संविधानको भाव त यो दुबैको आधारशीलाबाट एउटा केन्द्रीकृत एकताबध्द राष्ट्रिय सेना बनाउने हो।" पासाङ्गले भने, “सेनाको पुनर्संरचना भनेको जनमुक्ति सेनाको नेपाली सेनामा विलय पनि होइन, नेपाली सेनाको जनमुक्ति सेनामा विलय पनि होइन।" तर राजनीतिकरुपमा प्रशिक्षित माओवादी सेनालाई पेशेवर नेपाली राष्ट्रिय सेनामा समायोजना गरिनु आत्मघाती हुने आलोचकहरुको भनाइ छ। मदरल्याण्ड नेपाल क्यालिफोर्नियाका अध्यक्ष "अनिल पाण्डे" संग, डिसीनेपाल की प्रतिनिधी सम्झना गैरेले गरेको कुराकानि, Video Suman Gaire and Dinesh Badhu,

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक