20081207

थरूहटका २० हजार सेना र सबैसँग आधुनिक हतियार भएको दाबी

थरूहट संयुक्त संघर्ष समिति केन्द्रीय संयोजन समिति काठमाडौंले शनिबार सुनसरीमा आफ्ना सेना सडकमा उतारेर मार्चपास गरेको छ । थरूहरूको अस्तित्व संरक्षण गर्न र थरूहट स्वायत्त गणराज्य स्थापना गर्न तालिमप्राप्त सेनाको मार्चपास गराएको समितिले जनाएको छ ।'थरूहट रक्षक फोर्स' नाम दिइएको करिब पाँच सय सेनाले दुहबीस्थित सरस्वती उच्चमावि मैदानमा मार्च पास गरेका थिए । सुनसरी, मोरङ र झापामा क्रियाशील सेना पोसाकमा देखिएका थिए । उनीहरूले विशेष सैन्य तालिमप्राप्त गरेको थरूहट संयुक्त संघर्ष समितिका केन्द्रीय अध्यक्ष उपेन्द्र गच्छदारले बताएका छन् ।
उनले हाल सुनसरी, मोरङ र झापाका विशेष सैन्य तालिम लिएका थरूहटका २० हजार सेना रहेको र सबैसँग आधुनिक हतियार भएको दाबी गरेका छन् । मार्चपासमा भने हतियारविना नै सेनालाई सहभागी गराइएको थियो । तराईमा २० लाख थारू रहेको र केही महिनामै एक लाख सेना बनाउने लक्ष्य रहेको उनले बताए । तराईमा थारू बाहुल्य रहे पनि गलत राजनीति गर्नेहरूले तराईलाई मागिखाने भाँडो बनाएको उनले आरोप लगाएका छन् । मधेसको नाममा उपेन्द्र यादवले र थारूको नाममा विजय गच्छदारले गलत राजनीति गरेको उनको आरोप छ ।
अहिलेको गणतान्त्रिक सरकार पनि मधेसको नाममा भूमिपुत्रमा रहेका थारूहरूको अस्तित्व संकटमा पार्न उद्यत् रहेकाले चेतावनीस्वरूप लामो समयपछि थरूहट रक्षक फोर्सको निर्माण गरी प्रदर्शन गरेको उनले बताएका छन् । सेनाको मार्चपासपछि सम्पन्न आमसभामा राष्ट्रिय आदिवासी जनजाति गणतान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष कमल छाराहाङ, सहअध्यक्ष किशोरकुमार विश्वास, थरूहट स्वायत्त राज्यपरिषद्का केन्द्रीय अध्यक्ष लक्ष्मण थारू, संघीय लिम्बूवान राज्यपरिषद्का अध्यक्ष सञ्जुहाङ पालुङवा, थारू विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष शैलेन्द्र चौधरीले सम्बोधन गरेका थिए । उनीहरूले थरूहट राज्यका लागि सुरुमा शान्तिपूर्ण आन्दोलन गर्ने र शान्तिपूर्ण आन्दोलन गर्दा पनि राज्यले आफूहरूको मागप्रति बेवास्था गरे सेनालाई युद्धको मैदानमा उतार्ने चेतावनीसमेत दिएका छन् ।


गिरिजाप्रसाद कोइराला सिसियुमा भर्ना
गिरिजाप्रसाद कोइराला मंसिर २२ तारिखका दिन धनगढीवाट काठमाडैा अाउदै गर्दा हेलिकप्टरमा नै अचानहक अस्वस्थ हुनु भएको छ । हेलिकप्टरलाइ इमरजेन्सी अवतरण गराइ उहालाइ अहिले शहिद गंगालाल हृदय रोग केन्द्रको सिसियुमा भर्ना गरिएको छ । उहाँको उपचारमा अहिले वरिष्ट मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, डा. जगदिश अग्रवाल, डा. मानवहादुर केसी र डा. अर्जुन कार्कीको टोलीले उपचार गरिरहेको छ । कोइरालालाइ अहिले अंक्सिजन दिएर सिसियुमा राखीएको छ


झडप भइरहे २ पार्टि सगै हिड्न नसकिने

एमालेले सरकारको काम कार्वाहीप्रति असन्तुष्टी व्यक्त गरेको छ । नेकपा एमालेका महासचिव झलनाथ खनाल, पूव महासचिव माधवकुमार नेपाल लगायतका नेताहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी सरकारको काम कार्वाहीप्रति असन्तुष्टी व्यक्त गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफल पछि संचारकर्मीहरुसँग कुरा गर्दै महासचिव खनालले सरकार संचालन प्रक्रिया सन्तोष जनक ढंगले अघि नबढेकाले अरु गम्भिर हुन प्रधानमन्त्रीलाई आग्रह गरेको बताउनुभयो । उहाँले विभिन्न आयोग गठन र नियुक्ती प्रक्रियाको ढिलाई सहनसक्ने विन्दुभन्दा बाहिर गइसकेको भन्दै सबै पक्षहरुसँग छलफल गरी अविलम्ब भूमिसुधार आयोग, राज्यको पुनःसंरचना आयोग, सत्य तथ्य निरुपण आयोगले पूणता पाउने विश्वास व्यक्त गर्नुभयो । सेना समायोजनका लागि गठित विशेष समितिलाई पूणता दिन ढिलाई भएको बताउँदै महासचिव खनालले प्रमुख दलहरुलाई सहमतिमा ल्याई अबिलम्ब विशेष समितिलाई पूणता दिन पनि आगह गर्नुभयो । सत्तारुढ दलका भातृसंगठन वाईसिएल र युथ फोर्सबीच ठाउँठाउँमा झडप भइरहे २ पार्टि सगै हिड्न नसकिने भएकाले सम्बन्धसुधारको पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

A letter to Editor
Nepali people has to search for a light
- Kamala Prasai

The nation in absence of a King looks like something is missing. The present Nepal seems to me the day without a light. The time has already come that the Nepali people has to search for a light. King is the light of Nepal.

In Nepalese history when King reigned, the people never lost their lives with hunger. Each and every one had a roof, a piece of cloth and a meal to eat. People were happy to celebrate their festivals with a peace of mind. The symbol of peace, the white doves were flying everywhere in the sky. The sounds of a flute and the traditional music (Panche Baja) making all surroundings quiet and diligent. King's representation has been carrying the reflection of Nepal's peace and dignity.
Nepal has witnessed a big change but there is no peace, no security and no guarantee of lives. In the name of New Nepal, the leaders made rhetoric to fulfill the wishes of the people. Where has gone that big rhetoric? Is that limited to rhetoric? An announcement of a huge budget to turn Nepal into a prosperous nation has to be implemented in reality.
Nepal is a small and beautiful nation. Its tradition and culture are very rich. To preserve Nepal's rich culture, tradition and its beauty Kings have been the divinely gift. Even in the epics (Vedas and Puranas) it is stated whenever difficulties arise and faith comes into the danger, the god will come to rescue. The situations of Nepal resemble the epics. Nepal is in difficult situation. It is in the verge of disintegration. The unity is about to break. To avoid all these, there is just one credible source in Nepal and that is King.
To be a true observer, it is possible only if you are away from home. I might have not been a true observer if I had been in a country. The nation with a King is far better than in his absence. With him Nepalese are safe, with him Nepalese are united and with him Nepalese and Nepal are secured forever. After-all, King is the light of Nepal.
Jai Matribhumi Nepal,
On behalf of Nepali Women Diaspora,
Coordinator, Kamala Prasai,
President, N & J Entertainment Inc., USA.
& Organization of various Nepali Women Diaspora around the world.
( This is the personel view of writer- Editor)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक